म नागरिक समााज अभियान धनगढीमा
धनगढी १९ असोज । म नागरिक समाज अभियान अन्तर्गतको नागरिक समाज संग साक्षत्कार कार्यक्रम धनगढीमा सम्पन्न भएको छ ।
म नागरिक समाज, बहसमा सहभागि बनौ भन्ने नाराका साथ नागरिक समाजको योगदानको कदर गर्दै आगामी दिनमा समेत प्रोत्साहन मिलोस् र नागरिक समाजका बिषयमा सचेतना फैलाउन ‘इन्टरफेस नेपाल’ अधिकारका लागि सञ्चारले कार्यक्रमको आयोजना गरेको हो ।

नेपालमा नागरिक समाजको उपस्थितिलाई बलियो र उजागर गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको ‘इन्टरफेस नेपाल’ का संस्थापक अध्यक्ष तथा सञ्चारकर्मी दिलभुषण पाठक ले बताए ।
“लोकतन्त्रमा नागरिकको भुमिका अपरिहार्य हुन्छ, राज्य, समाज र प्रजातन्त्रलाई चलायमान बनाई राख्न पनि नागरिक समाज सक्रिय बनाउन पनि यो कार्यक्रम महत्वपुर्ण भएको उनको भनाई थियो ।
‘इन्टरफेस नेपाल’का कार्यकारी निर्देशक शिखा प्रसाई म नागरिक समाज अभियान अन्तर्गत आम नागरिकको बुझाई के कस्तो रहेको छ भनेर पनि कार्यक्रम आयोजना गरेको उल्लेख गरे ।

कार्यक्रममा नागरिक समाज सम्बन्धी बिभिन्न भिडियोहरु, नागरिक समाज संग साक्षत्कार र अन्र्तक्रिया गरिएको थियो ।
कार्यक्रमको सह आयोजक एफएमडिसी,सामाजिक बिकासका लागि सञ्चार रहेको थियो ।

"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया