सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

नेपालको बटमलाइन ‘हस्ताक्षरसहितको समान अध्यक्ष’
"एकताका लागि विघटित कार्यदलका सदस्यहरुले दौडधुप बढाइरहेका बेला ओली र नेपालबीच आरोप–प्रत्यारोप "

काठमाडौँ — एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका सबै निर्णय र पत्राचारमा अध्यक्ष केपी ओलीसँगै आफ्नो पनि हस्ताक्षरलाई एकताका लागि ‘बटमलाइन’ बनाएका छन् । दोस्रो वा अर्को अध्यक्षको प्रस्तावसहित एकताका लागि दोस्रो तहका नेताहरूले दौडधुप जारी राखेका बेला नेपालले निकट नेताहरूमार्फत आफ्नो ‘बटमलाइन’ बाहिर ल्याएका हुन् ।

दोस्रो अध्यक्षमा ‘कन्भिन्स’ गर्न शनिबार विघटित कार्यदलका सदस्यहरू भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए । त्यसअघि विघटित कार्यदलका सदस्यहरूबीच एमाले संसदीय दलको कार्यालयमा छलफल भएको थियो । ‘कार्यदलले तयार गरेको दसबुँदे सहमति र दुई अध्यक्षको व्यवस्थालाई आधार बनाएर एकता गर्नुपर्छ भन्ने सन्दर्भमा शनिबार पनि कार्यदलका सदस्यबीच छलफल भयो, यद्यपि माधव नेपाल त्यसका लागि तयार हुनुभएको छैन,’ विघटित कार्यदलका सदस्य विष्टले भने, ‘हामीले उहाँलाई पार्टी एकताबाहेक अर्को विकल्प छैन भनेर सुझाव दिएका छौं ।’

अर्का एक नेताका अनुसार नेपालले ओलीका पछिल्ला अभिव्यक्तिले एकताको वातावरण थप बिगारेको बताएका थिए । ‘केपी ओलीका पछिल्ला अभिव्यक्तिले विश्वासको वातावरण पैदा भएको छैन, दसबुँदेका सन्दर्भमा पनि मेरा अझै रिजर्भेसन छन्,’ नेपालले भनेका थिए, ‘दोस्रो अध्यक्षमा मेरो रुचि छैन । ओलीलाई अध्यक्ष मान्न कठिन छ किनभने उनी विश्वासिला पात्र हैनन् ।’ त्यसपछि कार्यदलका सदस्यहरूले एकताको विकल्प नभएको दोहोर्‍याएका थिए । ‘शतप्रतिशत आफ्ना मात्रै कुरा हुँदैन, एकतामा कसले के छोड्ने, कसले के छोड्ने नै हो, तपाईंले मान्नुपर्छ भन्यौं, उहाँले दोस्रो अध्यक्षमा मेरो रुचि छैन भन्नुभयो,’ उनले भने ।

नेपालले दोस्रो अध्यक्षमा आफ्नो रुचि नभएको भन्दै झलनाथ खनाल वा दोस्रो पुस्ताका अरू कोही नेतालाई बनाउन सुझाव दिएका छन् । ओली पक्षका नेताहरूले भने सबै कागजातमा दुई जनाको हस्ताक्षर रहने गरी नेपाललाई अधिकार दिन कठिन हुने बताएका छन् । ‘एक त महाधिवेशनमा हार्नुभएको, त्यसमाथि अनुशासन तोड्नुभएको छ, उहाँ खास कारबाहीमा पर्नुपर्ने व्यक्ति हो, तैपनि एकता हुन्छ भने दोस्रो अध्यक्ष बनाएर जाऔं भनिएको हो तर उहाँले समान हैसियतको अध्यक्ष खोज्नुभयो,’ ओलीनिकट एक नेताले भने, ‘दोस्रो अध्यक्ष भनेपछि कसरी समान हैसियत हुन्छ र ?’

ओली पक्षबाट दोस्रो अध्यक्षको प्रस्ताव आए पनि शुक्रबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा महासचिव ईश्वर पाखरेलले नेपाललाई दोस्रो अध्यक्ष दिन नसकिने बताएका थिए । तर ओलीनिकट नेता पुथ्वीसुब्बा गुरुङले नेपालले समान अध्यक्षको हैसियत आफैंले नमागेको बताए । ‘विभिन्न मिडियामा आए पनि उहाँको मुखबाट समान हैसियतको अध्यक्ष चाहियो भनेको सुनिएको छैन,’ उनले भने, ‘विकल्पहरूमाथि माधव कमरेडसँग कुराकानी भइरहेकै छ । जे गर्दा सहमति हुन्छ, त्यही गर्ने भन्ने छ ।’

साउन ६ मा ओलीनिकट नेता सुवास नेम्वाङ र विष्णु पौडेलले दुई अध्यक्षसहित सम्मानजनक रूपमा एकता प्रक्रिया टुंग्याउने प्रस्ताव नेपालसमक्ष राखेका थिए । नेपाल ओली समूहसँग दूरी बनाएर सत्ता गठबन्धनका नेताहरूसँग पनि छलफलमा छन् । गठबन्धनका अन्य दलले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

ओलीले एकताका लागि धेरै दिन पर्खिन नसक्ने बताइसकेका छन् । उनले एक/दुई दिनमा एकता टुंग्याउन आफूनिकट नेताहरूलाई निर्देशन दिएका थिए । सोहीअनुसार उनीनिकट नेता नेम्वाङले बिहीबार र पौडेलले शुक्रबार नेपालसँग छलफल गरेका थिए । एकताको प्रयत्नका लागि भन्दै विघटित कार्यदलका सदस्यहरूले शनिबार बोलाइएको स्थायी कमिटी बैठक स्थगित गर्न अध्यक्ष ओलीलाई सुझाव दिएका थिए । उनीहरूको सुझावअनुसार ओलीले बैठक आइतबारसम्मका लागि स्थगित गरेका छन् तर आइतबारको बैठकमा पनि नेपाल समूह सहभागी नहुने भएको छ ।

स्थायी कमिटी सदस्य नेम्वाङले भने नेपाल पक्षका सदस्यहरूको आग्रहमा बैठक स्थगित गरिएको बताए । आफूहरूले पार्टी एकतालाई अर्जुनदृष्टिमा राखेर काम गरिरहेको र कसैलाई बाहिर नराख्ने दाबी गरे । ‘औपचारिक रूपमा हाम्रा अध्यक्षले पार्टीको बैठकमा उहाँहरूलाई आममाफीको घोषणा गर्छौं भन्नुभएको छ, उहाँहरूलाई आउनुस् भनेर आग्रह गर्नुभएको छ,’ उनले भने । अध्यक्ष ओलीले नेपाललाई ठाउँ छैन भन्नुभएको छ नि ? भन्ने प्रश्नको जवाफमा उनले अध्यक्ष ओलीकै निर्देशन र अनुमतिमा एकताको प्रयास भइरहेको बताए । नेताहरूका अभिव्यक्ति भने दुवैतिर ‘धूवाँधार’ भएको नेम्वाङले टिप्पणी गरे ।

नेपाल समूहका अर्का एक नेताले अहिले ओली र नेपालबीच सबैभन्दा ठूलो विश्वासको संकट रहेको बताए । ‘एकले अर्कालाई विश्वास गर्दैनन्, यस्तोमा एकता कठिन छ, माधव कमरेडले ओलीबाट बचन पूरा हुन्छ भन्ने विश्वास गर्नुभएको छैन,’ ती नेताले भने, ‘उहाँहरूबीच सहकार्यको होइन, निषेधको राजनीति चलेको छ ।’

नेपाल पक्षकी सांसद रामकुमारी झाँक्रीले विवाद समाधान गर्न बनाइएको कार्यदल गलत दिशामा गइरहेको बताइन् । ओलीले अध्यक्षबाट राजीनामा दिएमात्रै पार्टी एकता हुने उनको भनाइ छ । ‘ओलीको अध्यक्षतामा केन्द्रीय कमिटी बैठक भइरहँदा, मैले यो कम्युनिस्ट आन्दोलन धराशायी पार्ने प्रमुख पात्र पार्टी अध्यक्ष तपाईं हो भन्दै गर्दा, उहाँले आत्मालोचित भएर पार्टी अध्यक्षबाट राजीनामा दिने चेष्टा गर्नुहुन्छ कि गर्नुहुन्न ? त्यो गर्नुहुन्न भने हामी त्यो कमिटीको सदस्य बन्छौं कि बन्दैनौं ?’ उनले प्रश्न गरिन् ।

एकातिर एकता प्रयास, अर्कोतिर आरोप–प्रत्यारोप

दोस्रो र तेस्रो तहका नेताहरू विभिन्न विकल्पसहित एकताको दौडधुपमा लागिरहेका बेला एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भने शीतयुद्ध जारी छ । दुवै जना समूहगत बैठक र भेलामा व्यस्त छन् ।

प्रतिनिधिसभा पुनःस्थापना र विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले असार २८ मा परमादेश जारी गरेपछि प्रधानमन्त्रीबाट पदमुक्त भएका ओली नेता नेपालमाथि खनिँदै आएका छन् । जवाफी टिप्पणीमा नेपालले पनि ओलीको नियतमाथि प्रश्न उठाएका छन् ।

एमालेको काठमाडौं जिल्ला कमिटी बैठकमा शनिबार ओलीले नेपाललाई देशद्रोही करार गर्दै पार्टीमा ठाउँ नभएको उद्घोष गरे । ‘अब माधव नेपालजस्ता आन्दोलनविरोधी, देशद्रोहीलाई कुनै ठाउँ छैन पार्टीमा, जसले वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा विश्वासको मत नदिने र दक्षिणपन्थी सरकार गठन गर्ने,’ उनले भने, ‘त्यो सरकारलाई समर्थनका लागि पछाडिको ढोकाबाट लुसुक्क छिरेर बेइमानी तरिकाले ह्वीप क्रस गरेर भोट दिन जाने । यस्ता प्रतिक्रियावादीका मतियारलाई ठाउँ छैन पार्टीमा ।’

नेता नेपालले पनि शनिबार अखिल फोर्सले गरेको भेलालाई सम्बोधन गर्दै जालझेल र षड्यन्त्र गरेर फेरि प्रधानमन्त्री बन्ने प्रयास नगर्न अध्यक्ष ओलीलाई चेतावनी दिए । ‘यो प्रतिनिधिसभा विघटन गर्ने दुस्साहस अब कसैले नगरोस्, फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षड्यन्त्र कसैले नगरोस्, अब जे हुनेछ, पारदर्शी ढंगले हुनेछ,’ उनले भने ।

कान्तिपुर दैनिकबाट

  • १७ श्रावण २०७८, आईतवार ०५:३५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU