निलम्बित एसपी विष्ट सहित तिन जनाको डिएनए रिपोर्ट यस्तो आयो
धनगढी १४ असोज । कञ्चनपुरमा हत्या गरिएकी किशोरी निर्मला पन्तसँग निलम्बित एसपी डिल्लीराज विष्टको डिएनए रिपोर्ट म्याच गरेको
छैन ।

घटनामा संलग्न भएको आशंकामा निलम्बित एसपी डिल्लीराज बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिज आयुष बिष्टको डिएनए परीक्षण गरिएको थियो । निर्मलासँग डिएनए म्याच नभएको प्रहरी स्रोतले जनाएको छ ।
उनीहरु तीनैजनाको नमूना संकलन गरी डिएनए परीक्षण गरिएको थियो ।
यसअघि प्रहरीले घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका दिलीप बिष्टको डिएनए परीक्षण गराएको थियो । त्यसबाट उनी घटनामा संलग्न नभएको देखिएको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया