सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

भारत: सबरीमाला मन्दिरमा महिलालाई प्रवेश दिन आदेश
"भारतमा अब समलिङ्गी यौनसम्बन्ध ‘वैधानिक’ "

भारतको सर्वोच्च अदालतले दक्षिण भारतीय राज्य केरलास्थित सबरीमाला मन्दिरमा प्रवेश गर्न महिलालाई निषेध गर्न नहुने फैसला सुनाएको छ।  सो मन्दिरमा रजस्वला हुने उमेर भएका १० देखि ५० वर्षका महिलालाई प्रवेश गर्न दिइँदैनथ्यो। रजस्वला हुँदा अपवित्र हुने मान्यताका कारण महिलाहरूले धार्मिक कृत्यमा सहभागी हुन वा मन्दिरमा प्रवेश गर्न पाउँदैनन्। सो परम्पराबाट लैङ्गिक भेदभाव भएको भन्दै एउटा मुद्दा परेपछि अदालतबाट सो आदेश आएको हो।

  • भारतमा अब समलिङ्गी यौनसम्बन्ध ‘वैधानिक’
  • भारतमा अब व्यभिचार अपराध नमानिने

रजस्वला नभएका महिलाले अधिकांश मन्दिरमा प्रवेश पाउने भए पनि सबरीमाला र अन्य केही मन्दिरमा भने निश्चित उमेरका महिलाहरूलाई प्रवेश गर्नै दिइँदैनथ्यो।

शुक्रवार निर्णय सुनाउँदै भारतका प्रधानन्यायाधीश दीपक मिश्रले ‘प्रतिष्ठा र परिचयका लागि धर्म’ भएको भन्दै ‘धर्मको अनुसरण गर्ने अधिकार महिला पुरुष दुवैलाई भएको’ बताएका छन्।

सेवानिवृत्त हुन लागेका मिश्रले केही समययता धेरै उदार निर्णयहरू गर्न थालेका छन्। ती निर्णयमा व्यभिचार र समलैङ्गिक यौनसम्बन्धलाई अपराध मान्ने उपनिवेशकालीन कानुन खारेज गर्ने आदेश पनि संलग्न छन्।

प्रधानन्यायाधीश मिश्रको सेवावधि मङ्गलवार सकिँदैछ।  सबरीमाला मन्दिरको मुद्दामा मिश्रको नेतृत्वमा बसेको पाँचसदस्यीय संवैधानिक इजलासको निर्णय भने सर्वसम्मत भएन।

इजलासमा सम्मिलित एक मात्र महिला न्यायाधीश इन्दु मलहोत्राले सो विषयमा असहमति व्यक्त गरिन्। आफ्नो फरक मतमा उनले गहिरो धार्मिक भावना भएका विषयमा अदातलले हस्तक्षेप गर्नु हुँदैन भनेकी छन्। उनका अनुसार अदालतको हस्तक्षेपले अन्य धार्मिक स्थलमा पनि प्रभाव पर्छ।

सबरीमाला मन्दिरको विशेषता

सबरीमाला भगवान् अयप्पाको मन्दिर हो। उनी ब्रह्मचारी थिए भन्ने मान्यता छ। सो मन्दिरमा प्रत्येक वर्ष दशौँ लाख भक्तहरू जान्छन्।  मन्दिरभित्र प्रवेश गर्न १८ वटा खुड्किला चढ्नुपर्छ।

एकचालीस दिनसम्म कठोर व्रत नबसी ती खुट्किला चढ्न सकिँदैन भन्ने मान्यता भएको मन्दिरको वेब्साइटमा उल्लेख छ। मन्दिरभित्र प्रवेश गर्न भक्तजनले केही नियम पालना गर्नुपर्छ। सबरीमालाजाने तीर्थयात्रीले कालो वा नीलो वस्त्र लगाउँछन्। तीर्थयात्रा सम्पन्न नभएसम्म दाह्रीजुँगा वा केश काट्न पाइँदैन।

बिबिसी नेपाली सेवाबाट

 

  • १३ आश्विन २०७५, शनिबार १०:२२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU