भूस्वर्ग हेर्न Mounten Helicopter सेवा (भिडियो सहित)
धनगढी । सुदुरपश्चिम सुन्दरपश्चिम हेर्न यस वर्ष Mountain Helicopter ले २६ दिन सेवा दिएर सुदुरपश्चिम बासिलाई सपना देखाएका छन । २६ दिन पछि सेवा दिएका Mountain Helicopter सञ्चालकलाई विदाई गर्दै उनी प्रति पर्यटनकर्मीले आभार ब्यक्त गरेका छन ।
खप्तड हाेमस्टेले आयाेजना गरेकाे हेलिटुरमा खप्तड बडिमालिका रामाराेशन र नैनि यात्रामा ३०८ जना आन्तरिक पर्यट
कहरुले साथ दिएकोमा उनीहरु प्रति पनि आभार व्यक्त गरियो। यस अबधिमा सहयाेग गर्ने खप्तड रष्ट्रिय निकुञ्ज , मध्यवर्ति , पर्यटन समिति , नेपाली सेना , नेपाल प्रहरी दिपायल र साफेबगर बिमानस्थल कार्यालय , पत्रकार, साईकल यात्री, NTB, NATTA, सुदुरपश्चिम प्रदेश सरकार, जिल्ला समन्वय समिति स्थानीय तह, उधाेगी ब्यवसायी, हाेटल ब्यवसायी, पर्यटन ब्यवसायीको बाट यो सम्भव भएको खप्तड हाेमस्टेका सञ्चालक दिपकबहादुर खड्काले बताए ।
आगामी वर्ष पनि यसरी Mountain Helicopter सेवा दिन पनि आग्रह गरेका छन । आम नागरिक, कर्मचारी, ट्राभल एजेन्सी लगायत सबै प्रति समेत हार्दिक आभार तथा धन्यवाद व्यक्त गरिएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया