प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष ज्ञापन-पत्र
धनगढी । सुदुरपश्चिम प्रदेशका महिला अधिकारकर्मीहरुले बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याको घट्नाको विरोध गर्दै दोषिलाई कानूनको दायरा लिएर कडा कारवाहीको माग गर्दै आज प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएका छन ।
महिला मानवअधिकार रक्षक सञ्जाल प्रदेश सँयोजक निर्मला बागचन्दले वाचन गरेर सुनाएकी थिइन भने अन्य सहभागिहरु भगवती थापा‚ दलित महिला अधिकार मञ्चकी अध्यक्ष साबित्रा घिमिरे‚ ओरेक नेपाल कैलालीकी जमुना चौधरी‚ फेडो कैलालीकी सबिना घिमिरे‚ एफएमडिसी‚ विकास र सामाजिक परिवर्तनका लागि सञ्चार कैलालीकी रसुता जैरु लगायत रहेका थिए ।
ज्ञापन पत्रमा २०७७ माघ २१ गते बैतडीको दोकेडाकेदार गाउँपालिका ७ चढेपानी बस्ने १७ वर्षिय सनातन धर्म माविमा अध्ययनरत किशोरी भागरथी भट्ट विध्यालयबाट घर फर्काने क्रममा छतविच्छेद हुने गरी भएको विभत्स हत्याको निष्पक्ष छानबिनको माग गरिएको छ ।
यस किसिमका घट्ना फेरी दोहोरिन प्रदेश सरकारबाट प्रहरीलाई सहि अनुसन्धान गरी दोषिलाई कडा भन्दा कडा कारवाहीको माग गरिएको ज्ञापन-पत्र मुख्यमन्त्री भट्टलाई बुझाउँदा कैलाली कञ्चनपुरका महिला अधिकारकर्मीहरु सहभागी थिए ।
विध्यालय पढ्न गएकी छात्राको दिन दहाडे हाकाहाकी हत्या हुनुले आमचेलीहरुको जीवन रक्षा माथी प्रश्न चिन्ह खडा भएको छ । राज्यले आमचेलीहरुको जीवन रक्षाको ग्यारेन्टीको अनुभूति गर्न गराउन भागरथी भट्टको बलात्कार र हत्यामा सँलग्न दोषीहरुलाई कडा भन्दा कडा कारवाहीका लागि जोडदार माग गरिएको छ ।
यसै गरी माघ २४ गते पुर्चौडी नगरपालिका वडा नम्बर १० विजयपुरमा आफ्नै बुवाले छोरीलाई गोली हानी हत्या गरेको घट्ना प्रति खेदप्रकट गर्दछौ । घर भित्रै पनि महिलाहरुको ज्यान कति जोखिममा छ भन्ने कुराको पुष्टी यस घट्नाबाट प्रष्ट गरेको छ। यस घट्नामा सँलग्न रहेका दोषीलाई यथासिघ्र पक्राउ गरी कानूनी दायरा भित्र ल्याई कडा भन्दा कडा कारवाही गर्न पनि माग गरिएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक







तपाइँको प्रतिक्रिया