पहिलो पटक पानीसंगै हिमपात भएपछि हिमाली भेगका बस्तीमा खुशी "सदरमुकामको विद्युत सेवा अबरुद्ध "
डीबी विष्ट । बझाङ जिल्लामा गएराती देखी पानि संगै हिमपात भएको छ । यस बर्षको पहिलो पटक पानी र हिमपात संगै परेको हो । पानी र हिमपात भए पछि यहाँका किसानहरु निकै खुःसी भएका छन् ।
लगाएको अन्न बाली सुक्ने र भोकमरी हुने भन्दै चिन्तामा परेका कृर्षहरुका सामान्य पानी र हिमपात भएपछि खुःसी भएका हुन् । बझाङ जिल्लाका दर्जनौ ठाँउमा दहबगर, काँडा, सुर्मा, लेकगाँउ, मौलाली, मष्टा लगायत अन्य अन्य ठाँउहरुमा बर्षा र हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् ।
वर्षा नहुंदा हिउदे बाली विग्रने चिन्तामा परेका यहांका किसानलाई बर्षाले धेरै राहत पुर्याएको छ । ‘गतबर्षको जस्तै खडेरी पर्छकी भन्ने चिन्ता लागेको भए पनी अहिले पानी पर्न थाले पछि आफुलाई खुसि लागेको एक कृषक विर बहादुर बहोराले भने यसले खेतीपाती सप्रिने आसा छ’ । आकासे पानीको भरमा खेती गरेको थियो ।
खेतबारीमा लगाएको गुहँ लगायत अन्य अन्न बाली सुक्न थालीसकेको थियो थलारा गाँउपालिकाका जय बहादुर विष्टले भन्नु भयो ः पानी र हिमपातले सुक्न थालेको अन्न बालीलाई ठुलो राहत पुगेको छ । जिल्लाको १२ वटै स्थानीय तहका उच्च भुभागमा हिमपात भएको छ भने सबै स्थानीय तहहरुमा पानी परेको छ । गए राती देखी बर्षा र हिमपातका कारण बझाङ जिल्लाको विद्युत सेवा राती देखी नै अबरुद्ध भएको छ ।
राष्टिय प्रसारण लाई डडेल्धुरा देखी खोड्पेको विचमा राती परेको बर्षा, हिमपात र हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध भएको विद्युत प्राधिकरण बझाङले जनाएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक









तपाइँको प्रतिक्रिया