माघी मनाउन कैलारी गाउँपालिकाले तीन दिन बिदा दियो
हसुलिया । थारु समुदायको बाक्लो उपस्थिति रहेको कैलारी गाउँपालिकाले माघी पर्व हर्षोल्लासका साथ मनाउन तीन दिन विदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाले पुस २९ देखि माघ २ गतेसम्म तीन दिन बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले माघ थारु समुदायको सबैभन्दा ठूलो पर्व हो भने । यसै गरी सो गाउँपालिकाको हिउँदे अधिवेशन पनि आजदेखि सुरु भएको छ । अध्यक्ष लाजुराम चौधरीले अधिवेशन उदघाटन गरेको प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए ।
हिउँदे अधिवेशन उदघाटनमा उपाध्यक्ष लक्ष्मी सत्गौवा, गाउँसभाका सदस्यहरु, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीसहित कर्मचारीको उपस्थिति रहेको थियो । गाउँसभाको अर्को बैठक माघ १६ गते बोलाइएको बताईएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया