राजधानी र प्रदेशको नामलाई लिएर धनगढीमा आमहडताल
धनगढी ११ असोज । प्रदेश ७ को राजधानी र नामाकरणको बिरोधमा बिहिबार धनगढीका स्थानीयवासीले गरेको आमहडतालले यहाँको जनजीवन नराम्रोसँग प्रभावित भएको छ।
प्रदेश ७ लाई सुदुर पश्चिम नामाकरण र राजधानी गोदावरीलाई बनाउनु पर्ने प्रदेश ७ का संसद समितिको प्रस्तावको बिरोधस्वरुप हिजो असन्तुष्ट स्थानीय वासिन्दाले आम आम हड्तालको घोषणा गरेका थिए।

स्थानीयहरुको घोषित आम हड्तालको कार्यक्रमले बजार क्षेत्र, यातायात, उद्योग, कलकारखाना, शिक्षण संस्था प्रभावित भएका छन्।
नेपालीहरुको महान चाडपर्व नजिकै रहेको समयमा गरिएको आम हडतालले सर्वसाधारण मर्कामा परेका छन्।
धनगढीबाट बिभिन्न ठाउँका लागि छुटेका तथा धनगढी भित्रिने सवारी साधनहरु नचल्दा यात्रीहरुलाई मर्कामा परेका छन्।
चाडपर्व नजिकिएसँगै रोजगारीका लागि भारत गएकाहरु स्वदेश फर्किने समय यही भएकाले सास्ती भोग्नेको संख्या झन् बढेको छ।
यातायातका साधन ठप्प हुँदा उनीहरु गन्त्व्यसम्म पुग्न नपाएर धनगढीमा अलपत्र परेका छन्।
लामो दुरी तथा छोटो दुरीका ठूला सवारी साधन चलिरहेका छैनन् भने मोटरसाइकल, अटो रिक्सा निर्वाध रुपमा चलिरहेका छन्।
धनगढीमा रहेका संरचनमा करोडौँ लगानी भइसकेपछि राजधानी सार्ने प्रस्ताव गलत भएको भन्दै धनगढीवासीले आपत्ति जनाए।
प्रदेशको स्थायी राजधानी सार्ने प्रदेश–७ को संसदीय समितिको प्रस्ताव फिर्ता गर्नु पर्ने उनीहरुको माग छ।
भौतिक पूर्वाधारले सम्पन्न अस्थायी राजधानी धनगढीलाई नै स्थायी राजधानी कायम गर्नु पर्नेमा उनीहरुको माग छ।
यसअघि बुधबार ९१० असोज० प्रदेश सभा अगाडि टायर बालेर प्रदर्शनसमेत भएको थियो।
बुधबारको प्रदर्शनमा धनगढी उप(महानगरपालिकाका मेयर नृप ओड लगायतको सहभागिता थियो ।
प्रदेश(७ को नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित समितिले मंगलवार ९९ असोज० को प्रदेश सभा बैठकमा नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्न सुझाव सहितको प्रतिवेदन पेश गरेको थियो।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया