गाउँपालिका अध्यक्ष द्धारा वृद्ध माथि दुब्र्यवहार ः सामाजिक सन्जालमा आलोचना "नेकपाले स्पटिकरण सोध्ने, नेबिसंघको आपत्ती "
बझाङ, साउन १७ । पटक पटक आफ्नो पदिय मर्यादा विपरीत काम गरेर विभिन्न घटनामा मुछिदै आएका बझाङको मष्टा गाउँपालिकाका अध्यक्षले फेरी एउटा बृद्ध माथि दुरब्यावहार गरेको घटना सार्वजनिक भएको छ । गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कठायतले केही दिन अगाडी मदिरा सेवन गरि सोही गाउँपालिका २ घर भएका ७५ बर्षिया पिरु रोकाया माथि बाटोको विषयलाई लिएर सर्वजनिक रुपमै बददुरब्यवहार गरेका छन् । अध्यक्ष कठायतले सार्बजनिक रुपमा मदिरा सेवन गरि बृद्घ माथी दुरब्यवहार गरेको भिडियो समाजिक सन्जालमा भाईरल भएपछि समाजिक सन्जालमा समेत अध्यक्ष कठायतको चर्को आलोचना समेत भएको छ ।
शनिबार अध्यक्ष कठायतले बृद्ध माथि गरेको ब्यावहारको भिडियो सामाजिक संजालमा भाईरल भएको थियो । गाउँपालिकाका अध्यक्ष कठायतले बृद्ध पिरु रोकायाको बाडेगाउँमा रहेको देउपाटो भन्ने स्थानमा खेलकुद मैदान बनाउन खोजेको र बृद्ध रोकायाले आफ्नो दर्ता भएको जमिन र भोकचलन गर्दै आएको जमिनमा आफ्नो जानकारी नगरी गाउँपालिकाले खेलमैदान बनाउन खोजेको कुरामा असहमती जनाएका थिए । बृद्धको असहमति भएपछि गाउँपालिकाका अध्यक्ष कठायतले मदिरा सेवन गरी बृद्ध रोकायालाई तथानाम गाली गलौज गरि हातपात गर्न तयार भएपछि स्थानीयहरुले गाउँपालिकाका अध्यक्षलाई रोकेका थिए ।
गाउँको विचमा रहेको गोलघरमा केही स्थानीयहरु बसेका थियौ घटनाका प्रत्यक्षदर्शि कलक रोकायाले भने, ‘अध्यक्षज्यु आए पछि एक्कासि पिरु रोकायालाई गाली गलौज र दुरब्यवहार गरेको देख्दा हामीलाई पनि दुख लाग्यो । सामाजिक संजालमा भाईरल भएको भिडियोमा गरेको कुराकानी सुन्दा अध्यक्ष कठायतले आफ्नो पदिय हैसियतको दुरुपयोग गरी घमण्डी र पाखण्डी स्वभाव देखाएको प्रष्ट देखीन्छ ।’
अध्यक्ष कठायतले अभद्र शब्द प्रयोग गर्नुका साथै बृद्घ माथी हातपातको प्रयास गरेको र अरु स्थानीयले रोकेको स्पष्ट देख्न सकिन्छ । रोकायालाई अध्यक्ष कठायतले चुनावमा समेत आफुलाई भोट नदिएको आबेस पोख्नुका साथै गाउँपालिका अध्यक्ष तेरो बाउ हुँ भनि तथानाम गाली दिएको समेत देखिन्छ ।
बृद्ध पिरु रोकायाका छोरा हरिचन्द्र रोकायाले गाउँपालिकाका अध्यक्षले आफ्नो बुबा प्रति गरेको ब्यवहार गैर कानुनि भएकाले सम्बन्धीत निकायले यसको छानविन गर्नु पर्ने बताए । उनले भने , सार्वजनिक प्रयोगका लागी जग्गा आबस्यक भए बुबा र आफुहरु संग सल्लाह गरेर जग्गा निशुल्क पनि उपलब्ध गराउन सकिन्छ तर अध्यक्षको यस्तो खालको दादागिरी र रबैयाले हामी सबैलाई चोट लागेको छ । यता गाउँपालिका अध्यक्ष कर्ण कठायतले भन्नुभयो, गाउँमा रहेको देउपाटो गुठी जग्गालाई पिरु रोकायाले लुकिछिपी दर्ता गरेको रहेछ , गाउँपालिकाले त्यस जग्गामा खेल मैदान बनाउने बिषयमा केही बिवाद भएको हो ।
यस अघि पनि अध्यक्ष कठायतले गाउँपालिकाको गाडीमामा मदिरा सेवन गरेको , आर्थिक अनियमितता गरेको भन्दै कालोमोसो दलिएको थिायो भने एक जना बिद्यार्थी संग टेलिफोन कलमा समेत रबैया देखाएको घटनाहरु सार्बजनिक भएका थिए । अध्यक्ष कठायतको कार्यशैली र ब्यवहारले एक पटक कालो मुसो लगाएको थियो भने स्थानीयहरु संग पनि दुई तिन पटक यस्तै लफडा भएको थियो ।
नेकपा जिल्ला कमिटीले सोध्यो स्पष्टीकरण
यसै बिच आईतबार नेपाल कम्युनिस्ट पाटी जिल्ला कमिटी बझाङले अध्यक्ष कठायत लाई सोही घटनाका बिषयमा पाँच दिन भित्र स्पष्टीकरण सोध्ने जनाएको छ । एक बिज्ञप्ती सार्बजनिक गर्दै नेपाल कम्युनिष्ट पाटी जिल्ला कमिटीले यस घटनामा ध्यानाकर्षण भएको भन्दै पाटीको भदौ ३ गते बस्ने सचिवालयको बैठकबाट कारवाही गरिने जनाएको हो ।
नेकपाका जिल्ला कमिटी अध्यक्ष मिन बहादुर कुबर र सचिब दमन भण्डारीद्घारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा भनिएको छ , यस घटनामा पार्टीका तर्फबाट अनुसन्धान, छानविन गर्ने , ५ दिन भित्र स्पष्टिकरण पेश गर्न लगाउने र भदौ ३ गतेको सचिवालयको बैठकबाट पार्टीको नियमावली र बिधान अनुसार कारबाही गर्ने कार्यालयको निर्णय भएको समेत बताईएको छ ।
नेबिसघको आपत्ती
यसै बिच सोही घटनाको बिषयलाई लिएर नेपाली काग्रेसको भातृ संस्था नेपाल बिध्यार्थी संघले समेत सोही घटनाको बिषयलाई लिएर आपत्ती जनाएको छ । आईतबार प्रेस बिज्ञप्ती जारी गर्दै अध्यक्ष कठायतले गरेको ब्यवहारका बिरुद्घ आन्दोलनमा उत्रने बताईएको छ ।
नपाल बिध्यार्थी संघ मष्टा गाउँपालिका अध्यक्ष बिनोद कठायतद्घारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा जनप्रतिनिधी भनेको जनताको हितमा काम गर्ने , जनजिबिकाका सुधारका पक्षमा अगाडी बढ्ने ,स्थानिय तहमा भएका बिभिन्न समस्याको समाधान गर्ने र जनताको समर्थन गर्नुको साटो गाउँ घरमा जाड रक्सी खाएर गाली गलौज गर्न , बृद्घ तथा बिध्याथीलाई गाली गालौज गर्ने , धम्क्याउने हैकमबादी र समान्तबादी सोच भएका बिरुद्घ संर्घषमा उत्रिने चेतावनी समेत दिएको छ । बिज्ञप्तीमा आयन्दा यस्ता क्रियाकलाप नगर्न समेत सुझाव दिएको छ । नेपाल बिध्यार्थी संघका मष्टा गाउँपालिका अध्यक्ष बिनोद कठायतका अनुसार नेपाल बिध्यार्थी संघले यही साउन २० गर्ने बिरोध र्याली निकाल्ने बताउनुभएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया