मष्टा गाँउपालिकाका अध्यक्ष द्धारा बृद्ध माथि गालीगलैच

डीबी विष्ट, बझाङ । आफ्नो पदिय मर्यादा विपरीत काम गरेर विभिन्न घटनामा मुछिदै आएका बझाङको मष्टा गाँउपालिकाका अध्यक्षले फेरी एउटा बृद्ध माथि दुब्र्यावहार गरेको घटना सार्वजनीक भएको छ । गाँउपालिकाका अध्यक्ष कर्ण बहादुर कठायतले केही दिन अगाडी मदिरा सेवन गरी स्वही गाँउपालिका वडा नम्बर २ घर भएका ७५ बर्षिया पिरु रोकाया माथि बाटोको विषयलाई लिएर सर्वाजनीक रुपमै दुब्र्यावहार गरेका छन् । अध्यक्ष कठायतले बृद्ध माथि गरेको ब्यावहार को भिडीयो सामाजीक संजाल मा भाईरल भएपछि कठायतको ब्यावहार देखेर जिल्ला स्तरमा विभिन्न टिका टिप्पणी समेत हुन थालेको छ । गाँउपालिकाका अध्यक्ष कठायतले बृद्ध पिरु रोकायाको बाडेगाँउमा रहेको देउपाटो भन्ने स्थानमा खेलकुद मैदान बनाउन खोजेको र बृद्ध रोकायाले आफ्नो दर्ता भएको जमिन र भोकचलन गर्दै आएको जमिनमा आफ्नो जानकारी नगरी गाँउपालिकाले खेलमैदान बनाउन खोजेको कुरामा असहमती जनाएका थिए । बृद्धको असहमति भएपछि गाँउपालिकाका अध्यक्ष कठायतले मदिरा सेवन गरी बृद्ध रोकायालाई तथानाम गाली गलौज गरी हातपात गर्न तयार भएपछि स्थानीयहरुले गाँउपालिकाका अध्यक्षलाई रोकेको भिडीयोमा देखीन्छ ।
गाँउको विचमा रहेको गोलघरमा केही स्थानीयहरु बसेका थियौ घटनाका प्रत्यक्षदर्शि कलक रोकायाले भने अध्यक्ष ज्यु आएपछि एक्कासि पिरु रोकायालाई गाली गलौज र दुब्र्यावहार गरेको देख्दा हामीलााई पनि दुख लाग्यो । सामाजीक संजालमा भाईरल भएको भिडीयोमा गरेको कुराकानी सुन्दा अध्यक्ष कठायतले आफ्नो पदिय हैसीयतको दुरुपयोग गरी घमण्डी र पाखण्डी स्वभाव देखाएको प्रष्ट देखीन्छ ।
बृद्ध पिरु रोकायाका छोरा हरिचन्द्र रोकायाले गाँउपालिकाका अध्यक्षले आफ्नो बुबा प्रति गरेको ब्यावहार गैर कानुनि भएकाले सम्बन्धीत निकायले यसको छानविन गर्नु पर्ने बताए । उनले भने सार्वजनीक प्रयोगका लागी जग्गा आवष्यक भए बुबा र आफुहरु संग सल्लाह गरेर जग्गा निशुल्क पनि उपलब्ध गराउन सकीन्छ तर अध्यक्षको यस्तो खालको दादागिरी र रबैयाले हामी सबैलाई चोट लागेको उनले बताए ।
यस अघि पनि अध्यक्षको कार्यशैली र ब्यावहारले विप्लब समुहका कार्यकर्ताहरुले एक पटक कालो मुसो लगाएको थियो भने स्थानीयहरु संग पनि दुई तिन पटक यस्तै लफडा भएको थियो ।
यता गाँउपालिकाका अध्यक्ष कर्ण कठायतले भने देउपाटो सावैजनीक जग्गा रहेको र पिरु रोकायाले लुकीछिपि दर्ता गरेको जानकारी भएपछि उनिसंग जग्गाको विषयमा केही भनाबोल भएको बताए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया