बझाङमा मदीरा बन्दको विषय विबादीत बन्दै
डीबी विष्ट असोज ६ बझाङ । अस्त ब्यास्त मदीरा बेचविखन र सेवनका कारण बझाङ्गी समाजमा नराम्रो असर परेको भन्दै जिल्ला सभा बझाङले जिल्लामा मदीरा बन्द गर्ने निर्णय गरे पछी यो विषय विबादीत बन्दै गएको छ ।
बझाङ उद्योग बाणिज्य संघ संस्थागत रुपमा जिल्लालाई मदीरा निषेध गर्ने निर्णयका विरुद्धमा विभिन्न संघर्ष र कानुनी समाधान खोजी रहेको छ । गएको महिनामा दोस्रो जिल्ला सभाले आधीकारीक रुपमा बझाङ जिल्लालाई मदीरा निषेध गर्ने निर्णय गरे पछी मदीराको ईजाजत पत्र लिएका ब्यापारी लगायत अन्य उद्योगी ब्यावसायीहरुले असन्तुष्ट भएका छन् ।
उद्योग बाणिज्य संघ बझाङले जिल्ला सभाको निर्णयलाई खारेजको माग गर्दै शुक्रबार सदरमुकाम चैनपुर लगायत जिल्लाका सबै ब्यापारी केन्द्रहरुमा पसल, होटेल बन्द गराएको छ । यसकै विरुद्धमा शुक्रबार नै जिल्ला स्थित जनप्रतिनीधी महिलाहरु, महिला अधिकारकर्मी लगायत विभिन्न संघ संस्थामा कार्यरत कर्मचारी महिलाहरु र सर्व साधारण महिलाहरुले चैनपुरमा जुलुस प्रदर्शन गरी रक्सी बन्दको निर्णय कार्यान्वन गर्न कडा चुनौती दिएकी थिईन ।
उद्योग वाणीज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीले मदीरा बन्दको विषयलाई लिएर सरकार पक्ष, महिला अधिकारकर्मी र हामी विच दोहोरी र बाद विबाद गर्नु कुनै जरुरी नभएको बताए । उनले भने देशको कानुन अनुसार हामीले पेशा ब्यावसाय दर्ता गरेर ब्यापार गर्न पाउनु हाम्रो अधिकार हो । जनप्रतिनीधी सहीतको जिल्ला सभाले कानुनलाई मिचेर काम गर्नु गैर कानुन भएको बताए ।
शुक्रबार महिलाहरुको जुलुसको अगुवा गरी रहेकी जयपृथ्वी नगरपालीकाकी उप प्रमुख जुना जाग्रीले हामी जनप्रतिनीधीहरुले पनी समाज र जनताको हितकालागी बोल्ने हो । मदीरा सेवनकै कारण जिल्लामा थुप्रै धनजनको क्षती भएको छ । दैनीक जसो महिलाहरु हिंशामा परेका छन् । त्यसैले आफुहरुले जनहित अनुसार निर्णय गरेको बताईन् । उनले जिल्ला मात्रै होईन देश भरी बाट नै केही बर्षका लागी मदीरा निषेध गर्नु पर्ने कुरामा जोड दिनु भयो । जिल्ला सभाले मदीरा निषेध गर्ने निर्णय गरे लगत्तै उद्योग बाणिज्य संघ बझाङले मदीरा बन्दको विरुद्धमा उच्च अदालत दिपायलमा मुद्धा दर्ता गराएको छ । उद्योग बाणिज्य संघले उच्च अदात दिपायलमा दोस्रो जिल्ला सभा बझाङको नामा रिट दायर गरृे पछी उच्च अदालत दिपाएलले कारण देखाउ आदेश को परिपत्र पाएको हुँदा शनिबार उच्च अदालतमा जाने योजना रहेको जिल्ला समन्वय समीत.ीका प्रमुख खडक खड्काले बताउनु भयो । उनले भने यो हाम्रो कुनै स्वार्थ हैन । यो समग्र जिल्लाको हितका लागी जिल्लाका १२ वटै स्थानीय निकायका प्रमुख उप प्रमुख सहित प्रशासकिय अधिकृतहरुको निर्णय हो । मदीराका कारण धेरै अपराधिक गतीविधी भएका छन् । त्यसैले बझाङ जिल्लालाई मदीरा निषेध गर्ने पर्ने दाबी गर्नु भयो ।
जिल्ला समन्वय समीतीको दोस्रो सभाको दोस्रो बैठेकले असोज १ गते देखी मदीरा निषेध गर्ने निर्णय गरेको थियो । यसलाई कार्यन्वयन गर्ने भन्दै यहाँका जननिर्वाचीत प्रतिनीधीहरु लागी परे पछी यस निर्णय प्रति आपत्ती जनाउदै उद्योग बाणिज्य संघ र होटल ब्यावसायीहरुले सदरमुकाम चैनपुर बजार बन्द गरेका छन् । यसको प्रतिकारमा बझाङका महिलाहरु उत्रिएका हुन् । बजार बन्द गरे लगत्तै नारा जुलुस सहित महिलाहरुले मदीरा निषेधीत गरीनु पर्ने, जिल्ला सभाको २५ औ बुधामा गरेको निर्णयलाई यता सिघ्र कार्यान्वयन गरीनु पर्ने लगायतका माग राख्दै महिलाहरु बजारमा उत्रिएका हुन् ।

मदीराकाको कारण आफुहरुले हिंशा सहनु परेको भन्दै महिलाहरु बजारमा उत्रिएका हुन् । ग्रामीण बस्तिहरुमा मदीरा पुर्ण रुपमा बन्द भएको र अब सदरमुकाम चैनपुर मात्रै बाँकी रहेको भन्दै बजारमा पनीस् मदीरा बन्द गरीनु पर्ने माग सहीत महिलाहरु बजार बन्दको प्रतिकारमा उत्रीएका हुन् । आफुहरुले विहान बेलुका सकी नसकी काम गर्नु परेको तर पुरुषहरु बेलुका जाँड रक्की पिएर हल्लीदै आएर छोरा छोरीलाई कुटपिट गर्ने भरु आफुहरु गिट्ुटी कुटी परीश्रम गरेको पैशा र नाक कानमा सुनका गहना समेत जबर जस्ति फुकालेर मदिराका पिउने गरेको महिलाहरुको गुनासो छ ।

निर्णयको सर्वत्र स्वागत
जिल्ला सभाले गरेको मदिरा निषेध गर्ने निर्णयको सवैले स्वागत गरेका छन । ‘लामो समय देखीको बझाङी महिलाहरुको माग पुरा भएको छ’ महिला अधिकार मंचकी अध्यक्ष जयन्ती जोशीले भनिन ‘यो निर्णयको अक्षरस पालना गराउनका लागि सबैले प्रतिबद्ध भएर लाग्नु पर्छ’ उनले मदिराका कारण सबै भन्दा बढी महिला पिडित भएको बताउदै यो निर्णयले धेरै महिलाले सन्तोसको सास फेरेको बताईन ।
‘स्वागत योग्य निर्णय भएको छ’ उसै पनि महिलाहरुले विभिन्न स्थानिय तहमा स्वतस्फुर्त मदिरा निषेध अभियान चलाईरहेको बेला जिल्ला सभाले यो नियर्ण गर्नु खुशीको कुरा भएको अर्की अभियन्ता सिता सिहँले बताईन । उनले यो निर्णय गरेर जनप्रतिनिधीले जनताको पिडा बुझेको प्रतिक्रीया दिइन ।
सा“सद आशा विकले लामो समय सम्म सम्बोधन हुन नसकेको महिलाको एक सुत्रिय माग जनप्रतिनिधीहरुले सम्बोधन गरेको बताउदै यसको सफल कार्यान्वयन हुने विश्वास व्यक्त गरिन ।
बझाङमा मदिराको इतिहास र नियन्त्रणका प्रयास
बझाङीहरुको मदिरा संगको संगतको इतिहास लामो छैन । २०४६ मा प्रजातन्त्रको पुर्नवहाली भए संगै रक्सी सर्वसाधारणको पहुंचमा पुगेको हो । जिल्लामा पहिलो पटक मदिरा भित्र्याउने श्रेय सत्यवादी माध्यमिक विद्यालयका तत्कालिन शिक्षक जगत सिंह कन्याललाई जान्छ । उनि भारतिय नागरिक थिए ।
बझाङको सांस्कृतिक तथा ऐतिहासिक इतिहासका अध्येता विण्णुभक्त शास्त्रीका अनुसार उनी २०४० साल तिर भारत बाट आफ्नो लागी ब्रान्डी ल्याएर आउथे । त्यसपुर्व बझाङमा मदिरा कसैले पनि सेवन गर्दैन थिए ।
पछि विस्तारै बझाङबाट भारतमा रोजगारीका लागी जाने सिमित शौखिनहरुले मात्र भारतबाटै ब्रान्डी ल्याएर खाने गरेको र २०५० साल सम्म पनि धेरै जसोले रक्सीलाई धेरैले ‘सराव’ (मदिराको भारतिय नाम) कै नामले चिन्ने गरेको शास्त्री बताउछन । यद्यपी २०४६÷४७ साल तिरबाटै बझाङमा घरेलु मदिराको उत्पादन सुरु भैसकेको थियो । तत्कालिन श्री ५ को सरकारबाट अनुमति लिएर दैलेखका ललित शाही भन्ने व्यक्तीले बझाङमा मदिराको उत्पादन सुरु गरेका थिए ।
ललित डिस्टीलरी नाम दिइएको भए पनि घरेलु प्रविधीबाटै उत्पादन गर्ने यो कम्पनीका कारण मदिराले सर्वसाधारणमा सहज पहुंच पाएको उनको अनुमान छ । छोटो समयमै मदिराको कारण हुने बिकृतिहरु यसरी फैलियो की बझाङको सामजिक जिवन नै अस्तव्यस्त हुने गरी मदिराको कारोबार बढ्यो । फलस्वरुप २०५४ सालमा तत्कालिन जिल्ला विकास समितिले बझाङलाई मदिरा निषेधित क्षेत्र (ड्राई एरिया) घोषणा गर्नु परेको थियो ।
कानुनि रुपमा जिल्लामा बेचविखनमा प्रतिबन्ध भए पनि मदिरा पारखीहरुको संख्या भने भित्र भित्रै निकै बढिरहेको थियो । प्रहरी प्रशाशनको आंखा छलेर गांउगांउमा उत्पादन भएको घरेलु मदिरा जताततै विक्री भैरहेको थियो । डोटी र डडेल्धुराबाट अबैध तरिकाले ब्रान्डेड मदिरा पनि बझाङ भित्रिने क्रम रोकिएको थिएन । यद्यपी अहिलेको जस्तो मदिराकै कारणले अपराधका घटनामा बृद्धी भने भएको थिएन ।
२०६३ सालमा दोस्रो जन आन्दोलन सफल भयो । सात दलको प्रत्यक्ष र तत्कालिन विद्रोही माओवादीको अप्रत्यक्ष सहभागितामा आन्दोलन सफल भए संगै सर्वदलिय संयन्त्र मार्फत शाशन संचालन हुने शैलिको विकास भयो । जनआन्दोलन सफल भए संगै २०६३ साल जेठमा बसेको सर्वदलिय सर्वपक्षिय बैठकले व्यापारीहरुको दवावमा २०५४ सालमा जिल्ला विकास समितिले गरेको निर्णयलाई उल्ट्याउदै बझाङमा मदिराको सेवन र विक्री वितरणलाई पुन खुला गरियो ।
त्योवेला यहां सडक यातायातको पहुंच नपुगेका कारण व्यापारीहरुले हवाइजहाज चार्टर गरेर बझाङमा मदिरा भित्र्याउन थाले । दैनिक जसो २÷३ वटा निजि विमान सेवाका मदिरा बोकेका जहाजहरु बझाङ विमानस्थलमा अवतरण हुन्थे । घरेलु मदिरा अबैध भनिए पनि नियन्त्रणको अवस्था निकै खुकुलो भएका कारण जताततै उत्पादन सुरु थाल्यो । आर्थिक वर्ष २०६३÷६४ मा मात्र बझाङमा १५ करोड भन्दा बढीको ब्रान्डेड मदिरा हवाइजहाज मार्फत भित्रिएको तत्कालिन बझाङ उद्योग बाणिज्य संघका अध्यक्ष ओमजंङबहादुर सिंह बताउछन ।
मदिरा खुला भए संगै पुन यसले सामाजिक विकृतीको रुप लिन थाल्यो । घरेलु हिंसा देखी हत्या, बलात्कार जस्ता जघन्य अपराधका घटनाहरु अप्रत्यासित ढंगले बढन थाले । सबै घटनाका पछाडी कुनै न कुनै रुपमा मदिरा जोडिन थाल्यो । २०६४ साल यता मदिरा सेवन गरेकै कारण प्रतिवर्ष ५ देखी १० जना मानिसहरुको भिरबाट लडेर मृत्यू हुने गरेको प्रहरीको तथ्याङक छ । यस वर्ष पनि अत्याधिक मदिरा सेवन गरेकै कारण दुई जनाको ज्यान गैसकेको छ ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष महिला हिसां सम्बन्धी दर्ता भएका १ सय ४१ वटा उजुरी मध्ये २ जनाको हत्या, २ जनाको बलात्कार भएको छ भने ७ जना महिलाले झुण्डिएर वा नदीमा हामफालेर आत्महत्या गरेको पाइएको छ ।
आर्थिक वर्ष २०७२।०७३ मा दर्ता भएका महिला संग सम्बन्धित ९६ घटना मध्ये ३ वटा बलात्कार, ६ जनाले आत्महत्या, २ वटा मानववेचविखन घटना भएका छन । यस्तै ६७ जनाले घरेलु हिंसा भोग्नु परेको र १ जनाको हत्या भएको प्रहरीको तथ्याङ्क छ ।
त्यस्तै आर्थिक वर्ष २०७१।०७२ मा दर्ता भएका महिला संग सम्बन्धित १ सय ९६ घटना मध्ये ४ वटा बलात्कार २ वटा बलात्कार प्रयास, ६ जनाले आत्महत्या र १ जनाको हत्या भएको छ । भने १ सय ६५ जना महिला माथि कुटपिट र यातना भएको उजुरीहरु प्रहरीले रेर्कड गरेको छ ।
‘हत्या, बलात्कार, सम्बन्ध विच्छेद देखी दिएर दैनिक हुने गरेका कुटपिटका घटनाहरुका पछाडीको कारण अधिकासंमा रक्सी नै देखिन्छ’ जिल्ला प्रहरी कार्यालयको महिला सेलकी प्रमुख बाग्मती धामी भन्छिन ‘श्रीमान जड्याहा भएको र दिन दिनै गर्ने भएकै कारण पछिल्लो समय आत्महत्या गर्ने महिलाहरुको संख्या पनि बढिरहेको देखिन्छ’
बझाङ जिल्लामा मदिराजन्य विकृतिहरुको रुप विकराल बन्दै गएको तर्फ इगिंत गर्दै उनले भनिन ‘मदिराकै कारण, आर्थिक सामाजिक, मनोबैजानिक रुपले पनि महिला र बालबालिकाहरुमा हिंसा बढ्दै गएको पाइएको छ । जसलाई अभिलेखमा देखाउन सकिने अवस्था छैन । यो भावि पुस्ताको लागी समेत खतरनाक हुन सक्ने संकेत हो’
मदिराका कारण सामाजिक जनजिवनमा नै गम्भिर खालका असरहरु देखिन थाले पछि बझाङका महिलाहरु र नागरिक समाजले मदिरा विक्रिवितरण गर्नका लागी रोक लगाउनु पर्ने आवाज उठाए । सामान्य तरिका उठाएको आवाजमा सुनुवाई नभए पछि कैयौ पटक सडकमा नारा जुलस र धर्ना समेत गरे । महिला र नागरिक समाजको व्यापक दवाव पछि २०६९ सालमा भएको जिल्ला परिषदले मदिरा प्रतिबन्ध लगाउने निर्णय नै गर्यो । तर कार्यान्वयन हुन सकेन ।
अर्काे वर्ष २०७० सालमा पनि महिलाहरुको व्यापक दवाब पछि जिल्ला परिषदले मदिरा प्रतिवन्ध गर्ने अघिल्लो परिषदको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो । यद्यपी यो निर्णय पनि अहिले सम्म कार्यान्वयन हुन सकेको थिएन । यि दुबै परिषदले मदिरा निषेध गर्ने भन्ने निर्णय गरे पनि कहिलेबाट गर्ने भन्ने तोकिएको थिएन ।
केही गांउहरुमा प्रहरीको सहयोग लिएर स्थानिय आमा समुह, युवा कल्बहरुले मदिरा विक्री वितरणमा रोक लगाएको भए पनि बर्षमा झण्डै ८० करोड हाराहारीमा कानुनी रुपमा मदिरा आयात हुने गरेको उद्योग बाणिज्य संघका पुर्वअध्यक्ष एवं मदिराका थोक विक्रेता जगत मल्ल बताउछन । यसका अलावा बार्षिक करिब ठुलो परिमाणमा मदिरा गैर कानुनी रुपमा तिब्बतबाट यस जिल्लामा आउने गरेको र अबैध रुपमा उत्पादन हुने घरेलु मदिराको विक्रि वितरण पनि प्रत्येक वर्ष बढदै गएको छ ।
मदिरा नियन्त्रणको लागी प्रहरीले महिला बालबालिका इकाई मार्फत स्थानियहरुलाई जागरुक गर्ने काम गरिरहेको भए पनि राजनैतिक क्षेत्रबाट सहयोग नभएकाले आफुहरुले एकल प्रयासले यसलाई नियन्त्रण गर्न असम्भव भएको प्रहरीले बताउदै आएको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया