गर्भवती महिला उच्च जोखिममा

डोटी– कोभिड १९ का कारण गर्भवती महिलाहरु उच्च जोखिममा रहेका छन् । क्वारेन्टाइनमा बस्न बाध्य महिलाहरुका लागि स्थानिय तहहरुले उनीहरुको नियमीत चेकजाच, पोषण र सरसफाईतर्फ ध्यान दिन सकेका छैनन् ।
गर्भवती महिलाहरु कुन अवस्थमा छन् भन्ने थाहा पाउन केआईसिंह गाउ“पालिकाको वडा नं. ३ स्थित सरस्वती आबिको क्वारेन्टाइनबारे बुझ्दा छर्लङ्ग हुन्छ । सो बिद्यालयमा बनाइएको क्वारेन्टाइनमा चार गर्भवती महिला छन् ।
भारतमा श्रीमान्को रोजगारी खोसिएपछि घर फर्केका गर्भवती महिलाहरु क्वारेन्टाइनभित्र बिभिन्न समस्या भइरहेको गुनासो गरिरहेका छन् ।
त्यसमध्यकी २१ बर्षिया गर्भवती भुत्ती भूलको ४÷५ दिनयताबाट पेट दुखिरहेको छ । ८ महिनाको पहिलो गर्भ बोकेकी उनले आफुलाई डर लागिरहेको गुनासो गरिन् । क्वारेन्टाइनमा रहेकाले आफ्नो गर्भ जा“च गर्न पनि नपाइएको बताइन् ।
उता सोभा भुललाई क्वारेन्टाइनमा पाइरहेको खाना रुचेकै छैन । पोषिलो खान नपाउदा कम्जोर महसुस गरिरहेकी छन् ।
घरमा ११ बर्षिया छोरीमात्र रहेकाले खानेकुरा मगाउन सकेकी छैनन् । कसैले पनि आइरन चक्की, क्याल्सियम, खोपहरु पाएका छैनन् ।
‘हातखुट्टा पटपटी दुखिरहेको छ, कम्जोरी महसुस उस्तै बढीरहेको छ’ , उनले दुखेसो पोखिन्,‘यो बेला बिशेष ध्यान दिन पर्नेमा झन् अनेकौं समस्या क्वारेन्टाइनभित्र झेल्न बाध्य छौं ।’
गाउ“पालिकाले दाल, भात र तरकारीको ब्यवस्था गरिदिएको स्वास्थ्य संयोजक तिल बहादुर बोहरा जानकारी दिन्छन् ।
सरस्वती आबिको क्वारेन्टाइनमा रहेका महिलाहरुले स्वास्थ्यकर्मीले आएर नियमीत परिक्षण गरिदिए आफुलाई राहत हुने आशा ब्यक्त गरेका छन् ।
सो क्षेत्रमा सेवा दिदै आएको बासुदेवी स्वास्थ्य संस्थाका इन्चार्ज अनिल बिकले आफुलाई गर्भवती महिलाहरुको समस्याबारे कुनै जानकारी नआएको बताए ।
‘कुनै गुनासो आए तुरुन्तै सम्बन्धीत ठाउ पुग्नु भनेर गाउपालिकाबाट निर्देशन छ , हिजोमात्रै म त्यही क्वारेन्टाइन पुगेर फकिएको ’, इन्चार्ज बिकले भने, ‘हामीलाई भनेको भए हिजो नै परिक्षण गर्दथ्यौं , अब तपाईमार्फत खबर पायौं तुरुन्त म आफै त्यहा“ पुग्छु ।’
भारतबाट पेटमा गर्भ बोकेर लामो यात्रा गरेर आउ“दा भूणमा कतै असर परेको छ कि भन्ने चिन्ता उनीहरुमा छ ।
‘मुस्किलले कोचाकोच गरेर गाडीमा लामो यात्रा पार गरी दिपायल आइयो’, गर्भवती हिमा भुलले भनिन्,‘फेरी दिपायलबाट गाउ“पालिकाको टिप्परमा मुस्किलले ग्रामिण बाटोमा आउनुपर्दा धक्का लागेको छ ।’
पिसिआर परिक्षणको रिपोर्ट आउदा पनि गर्भवती महिलासहित करिव ८ सय ब्यक्ति के आई सिंह गाउ“पालिकाको क्वारेन्टाइनहरुमा १७ दिनदेखि गुम्सीएर बस्न बाध्य भएका छन् ।
स्वास्थ्य संस्थाबाट गर्भवतीको नियमीत चेकजा“ज, प्रसुती , यौन तथा प्रजनन् सेवामा निरन्तरता दिइरहेको दुर्गामाण्डौ स्वास्थ्य चौकीकी अनमी मीना पाण्डेयले बताइन् ।
उनले सुरुवाती चरणमा कोरोना प्रतिकार्य स्वास्थ्य सामाग्री नहु“दा उपचार सेवा अवरुद्ध भएपनि पछिल्लो समय स्थानिय तह , बिभिन्न संघसंस्थाहरुले सामाग्री उपलब्ध गराएपछि सेवा सुचारु भएको बताइन् ।
केअँईसिंह गाउपालिकाको दुर्गामाण्डौ, तिखात्तर र भुमीराजमाण्डौ स्वास्थ्य चौकीबाट प्रसुती तथा प्रजनन सेवा निरन्तरता दिन आईपास तथा सिडिएफएको सहकार्यमा स्वास्थ्य सामाग्री उपलब्ध गराएको सुरक्षित गर्भपतन सेवाकी कार्यक्रम अधिकृत दिपा सिंहले जानकारी दिइन् ।
यस्तो अवस्था के आई सिंह गाउपालिकामा मात्र होइन ।
जिल्लाभरीका ९ वटै स्थानिय तहमा रहेका गर्भवती महिला त्यस्तै पीडा खेपीरहेका छन् । कतिपय स्थानिय तहहरुसंग क्वारेन्टाइनभित्र कति गर्भवती महिला छन् र ति कहा“ बसेका छन् भन्ने एकिकृत तथ्यांक समेत राख्न सकेका छैनन् ।
स्वास्थ्य कार्यालय डोटी प्रमुख रमेश मलासीका अनुसार तीन महिला क्वारेन्टाइनमै सुत्केरी भएका छन् ।
क्वारेन्टाइन बाहिरका गर्भवती महिलाहरु पनि जोखिममा रहेको उनले बताए । ‘जोखिमका कारण संस्थागत सुत्केरी हुनेको संखया डोटीमा घटेको छ’, मलासीले जानकारी दिए, ‘बाहिरबाट आएका गर्भवतीहरुलाई स्वास्थ्य नजिक राखेर बेग्लै क्वारेन्टाइन बनाउन निर्देशन दिएका छौं । तर सबैले परिपालना गर्न सकिराख्नु भएको छैन ।’
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया