क्वारेन्टिनमा बसेकी महिला बलात्कारको शिकार (भिडियो सहित)
कैलालीमा क्वारेन्टिनमा बसेकी एक महिलामाथि तीन जनाले बलात्कार गरेको आरोप लागेको छ । जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्वर १ मा रहेको सहिद स्मृती माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीय महिला माथि बलात्कार भएको आरोप लागेको हो।
पीडित महिलाले क्वारेन्टिनमा स्वंयमसेवकको रुपमा राखिएका तीन जनाले आफुमाथि बलात्कार गरेको बताइन् । ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक ज्ञानेन्द्र कार्कीले क्वारेन्टिनमा प्रहरी पठाइएको र विस्तृत विवरण प्राप्त हुन नसकेको बताए। क्वारेन्टिनमै बलात्कार भएको भन्दै अहिले उक्त स्थानमा स्थानीयले विरोध प्रदर्शन गरिरहेका छन् । कैलालीका प्रहरी प्रमुख अनुपम शम्शेर जवराले सँलग्न व्यक्तिहरु प्रहरीको नियन्त्रमा आई सकेको बताएका छन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक






तपाइँको प्रतिक्रिया