सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

कोरोना संक्रमितको संख्या बढे संगै चिन्ता व्यक्त

निराजन परियार , धनगढी । कैलालीमा विकास र सामाजिक परिवर्तनको लागि संचार एफएमडिसी द्धारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजनाले जुम क्लाउड एप्लीकेशन मार्फत अनलाइन बैठक गरेको छ ।

जिल्लाका नागरीक समाज,स्थानीय सभा रेडियो श्रोता समुह, पत्रकार,जनप्रतिनिधि, सामुदायिक सञ्चारकर्मी बिच जुम क्लाउड एप्लीकेशन मार्फत बिहिबार अनलाइन बैठक गरेको हो ।

कोरोना भाईरसले पारेको प्रभाब, यस बिचमा पालिकाले गरेका काम, योजना तर्जुका चरणहरु, साझा मञ्च र रेडियो श्रोता समुहले कसरी काम गरीरहेका छन भन्ने बिषय बस्तुमा छलफल भएको थियो ।

अनलाइन बैठकको सहजीकरण विकास र सामाजिक परिवर्तनको लागि संचार एफएमडिसी द्धारा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजनाका कार्यक्रम संयोजक ओम जोशीले गर्नु भएको थियो ।

एमडिसीका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक उमीद बागचन्दले कोरोना नियन्त्रणका लागि आफ्नो ठाउँमा सबै नागरिकहरु सजक भएर सचेताना फैलाउनुपर्ने बताए । उनले यस सक्रमणको बेलामा एफएमडिसीले बिभिन्न चरणमा सरोकारवाला निकाय संग भिडियो कन्फेन्स बैठक गर्दै आएको उल्लेख गरे ।

वडा नम्बर ९ का वडा अध्यक्ष हरि प्रसाद तिवारीले भारत बाट आउने क्रम नरोकिएको व्यवस्थापन गर्न निकै समस्या भएको बताए ।

जसो तसो भए पनि भारत बाट आउनेहरुलाई विद्यालयमा बनाएको क्वारेन्टाईनमा राख्ने व्यवस्था गरेको समेत बताए ।

नगरपालिका अहिले कोरोनाको नियन्त्रण, व्यवस्थापनमा लागेको हुदा योजना तर्जुका कामहरु गर्न नसकिएको वडा अध्यक्ष हरि प्रसाद तिवारीले बताए । स्थानिय सभा वडा नम्बर ९ का संयोजक लिलाधर न्युरेले भने यो बिषम परिस्थितिमा आफुहरुले वडालाई बिभिन्न तरीकाले सहयोग गरीरहेको बताए ।

पछिल्लो समय कोरोनाको जोखीम बढीरहेको हुदा त्यसलाई न्युनिकरणको लागी आफुहरुले वडा सगँ समन्वय गरेर काम गरीरहेको उनले बताए ।

त्यसै मसुरीया रेडियो श्रोता समुह र महादेव रेडियो श्रोता समुह सहजकर्ताहरुले पनि कोरोना बिरुद्धको लडाईमा आफुहरुले काम गरीरहेको बताएका थिए ।

क्वारेन्टाईन निमार्ण गर्ने, बसेकाहरुलाई खाना खुवाउने, भारत बाट आएकारुलाई सुरक्षित सात क्वारेन्टाईनमा राख्ने काम गरीरहेको सहजकर्ताको भनाई थियो ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न अपनाउनु पर्ने सावधानी र योजना तर्जुको बिषयमा लगायत बिभिन्न बिषयमा छलफल भएको थियो ।

अनलाइन बैठकमा विकास र सामाजिक परिवर्तनको लागि संचार एफएमडिसी संस्थाका अध्यक्ष उमिद बागचन्द, पारस्परिक जवाफदेहिता परियोजनाका कार्यक्रम संयोजक ओम जोशी, वडा नम्बर ९ का वडा अध्यक्ष हरि प्रसाद तिवारी, वडा नम्बर ९ का स्थानिय सभाका संयोजक लिलाधर न्युरे, साझेदरी मञ्चका सह संयोजक पवन बोगटी, पत्रकार धनश्याम पौडेल,महादेव रेडियो श्रोता समुहका सहजकर्ता प्रेम जोशी, मसुरीया रेडियो श्रोता समुहका सदस्य प्रेम चौधरी, सामुदायिक सञ्चारकर्मी वीरेन्द्र शाह, एफएमडिसी अभियान अधिकारी निराजन परियार लगायतको उपस्थिति रहेको थियो ।

  • २२ जेष्ठ २०७७, बिहीबार १५:२८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU