सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

समाजसेवी मानकुमारिले गरिन् खानाको अभाव भएकालाई सहयोग

अन्जान परियार, तनहुँ । समाजसेवी मानकुमारिले लकडाउनको समयमा खानाको अभाव भएकालाई खाद्यन्न सहयोग गर्नुभएको छ ।

बिश्वभर माहामारिको रुपमा फैलिएको नोबेल कोरोना भाइरस को प्रभाव नेपालमा पनि परेको छ। नेपाल सरकारले चैत्र ११ गते देखि लकडाउन गरेर सबैलाई सुरक्षित हुनु पर्ने आदेश दिए पछि आज सम्म आइपुग्दा दिनहुँ ज्याला मजदुर गरेर खाने हरु भोकै बस्नु पर्ने अबस्था सृजना भएको छ।

जस अनुरुप तनहुँको घिरिङ्ग घर भई हाल काठमाडौँ नयाँ बजार बस्दै आएका खिम परियार भोकमरीको चपेटामा परेका छन।
काठमाडौं को नयाँ बजारमा बिगत एक बर्ष देखि मजदुरी गरि परिवार धान्दै आएका परियार लाई देशमा लगडाउन हुँदैछ भन्ने कुराको कुनै अत्तोपत्तो थिएन।

यि गरिब अनि सोझा परियारले कुनै कुराको जोहो गर्नै पाएनन् र अचानक लगडाउन भए पछि २ बच्चा र १ श्रिमति गरेर ४ जनाको परिवार मा चुलो बोल्न छाडेपछि उनि धेरै पिडामा छट्पटिँदै परिवार युवा राष्ट्रिय अभियानका उपाध्यक्ष अर्पण घले परियार लाई सम्झिन पुगे।

घले प्रवास बाट निकै सहयोग र समाज सेवामा तत्पर रहने अभियान्ता हुन। तर आफू प्रदेश मा क्वारेन्टाइनमा बस्दै आएको, बाहिर जान पनि नसक्ने अबस्था भएको ले उनले नेपाल स्थित परियार युवा राष्ट्रिय अभियानका सचिब अन्जान परियार लाई जानकारी गराएका थिए ।

यो पिडामा मन सम्हाल्न सकिन भन्दै यसै अभियानकी सल्लाहकार एबम परियार सेवा समाज काठमाडौँकी सचिब मान कुमारी परियारले सहयोग स्वरुप एक बोरा चामल,नुन,तेल,दाल,चिनी र चियापत्ती दिएकी छन।

उनले विभिन्न ठाउँमा सहयोग गर्दै आइरहेकी छन। उनी आफू स्वयम् लकडाउनको समस्या खेपिरहेको अबस्थामा यस्ता समस्या सुनिसकेपछि शान्त भएर बस्न नसकेको बताइन। यो आपतकालीन अबस्थामामा मैले आफ्नै घरको सदस्य महसुस गर्दै ब्यक्तिगत सहयोग गरेकी हुँ , लकडाउनको कारण ब्यक्तिगत सहयोग गर्न पनि निकै असहज भएको अबस्थामा पीडा सुनिसके पछि पिडित परिवारलाई सहयोग गर्ने अठोट गरेको हुँ।
सेवा नै धर्म हो भन्ने भनाईमा बिश्वास राखेकी मानकुमारिले पिडित परिवार लाई साच्चिकै खुसि ल्याउन सफल भएकी छ्न।

उहाँले ले ठुलो सहयोग गर्नु भएको छ यस्तो बिपतको बेलामा उहाँले लगाउनु भएको गुण जिन्दगी भरी नबिर्सने निज खिम परियारले खुसि हुँदै ब्यक्त गरे ।

यस्तो माहान काम गरेर ठुलो पुन्य कमाउन सफल समाजसेवी मानकुमारी परियार लाई परियार युवा राष्ट्रिय अभियानका अध्यक्ष केशब परियारले धन्यवाद ब्यक्त गरेका छन । साथै यस सेवामा महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने प्रबासमा रहने यसै अभियानका उपाध्यक्ष अर्पण घले परियार लाई पनि धन्यवाद ब्यक्त गरेका छन।

  • २१ चैत्र २०७६, शुक्रबार ०७:१३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU