कांग्रेसद्धारा अभिलेखिकरण तथा सम्मान अभियान शूरु
डोटी । नेपाली कांग्रेस डोटीले अभिलेखिकरण तथा सम्मान कार्यक्रम शिखिर नगर पालिकाबाट शुरुवात गरेको छ ।

शिखर नगर पालिका– ८ वारपाटाबाट सुरुवात गर्दै नेपाली कांग्रेस डोटीका पार्टि सभापति प्रदीप देउवाले कांग्रेसलाई जिवन्त सहयोग गर्ने पुराना नेता तथा कार्यकर्तालाई पार्टिले सधै सहयोग र सम्मान गर्नेे बताए ।
अहिलेको सरकारले देश बिकृति बिसंगति प्रोत्साहन गरीरहेको आरोप लगाउदै उनले भने कमनिष्ट सरकारले जनताका सवालहरुको काम गर्न सकेन, निमर्ला पन्तको हत्या भएको महिनौ दिन हुदा सम्म हत्यारा पत्ता लगाउन नसक्ने सरकारबाट शान्ति सुरक्षाको के आश गर्नु बताए ।
नेत्र बिप्लब चन्द्रले नेतृत्व गरेको नेकपा माओवादीलाई प्रतिवन्द नभई वार्ताबाट समस्याको समाधान खोज्न उपयुक्त भएको नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशिले बताए ।
सरकारले दुई तिहाईको आडमा कानूनलाई हातमा लिने प्रयन्त गर्न खोजेको नेपाली कांग्रेस महाधिबेसन प्रतिनिधि भिम बलायरले विजय खड्काले बताए । कांग्रेले पुर्ण रुपमा प्रतिपक्षको भुमिका निवार्ह गरिरहेको समेत बलायरले बताए ।
नेपाली कांग्रेस डोटीले शिखर नगर पालिका ८ का कांगे्रसका पुर्व गाविस अध्यक्ष रैभान रोकाय तथा कार्यकर्ता शिव राज पन्त र टेक बिष्टलाई सम्मान गरेको नेपाली कांगे्रस डोटीले जनाएको छ ।
सुरु गरिएको अभिलेखिकरण तथा सम्मान अभियान कार्यक्रम जिल्लाभरी गरिने पार्टि सभापति देउवाले बताए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया