आईपिएलको उद्घाटन खेलमा चेन्नाई र बंग्लोर भिड्ने, सन्दिपको टोली दिल्लीको खेल भोली (खेल तालिका सहित)

इण्डियन प्रिमियर लिग (आईपिएल) आजबाट शुरु हुँदैछ । यस संस्करणको उद्घाटन खेलमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको डिफेन्डिङ्ग च्याम्पियन चेन्नई सुपर किंग्स र भारतक कप्तान बिराट कोहलीको कप्तानीमा रोयल च्यालेन्जर्स बंग्लोर भिड्ने छन् ।
चेन्नाईमा हुने खेल राती ८:१५ बजे शुरु हुनेछ । पहिलो दिनको खेल अघि उद्घाटन समारोह पनि आयोजना हुने छ । जसमा विभिन्न कलाकार, गायक, गायिकाहरुको विशेष प्रस्तुती रहने छ ।
चेन्नाईले तीन पटक आईपिएलको उपाधि जीतेको छ भने चार पटक उपविजेता भएको छ । उता बंग्लोरले पनि उपाधि चुम्न सकेको छैन भने तीन पटक उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ ।
आईपिएलको एल क्लासिकोको नामले परिचित चेन्नाई र बंग्लोर बिचको खेलमा नतिजालाई हेर्ने हो भने चेन्नाई बंग्लोर माथि हाबी छ । आईपिएलमा २१ पटक र च्याम्पियन्स लिगमा टि-ट्वान्टीमा एक पटक गरेर यी दुई टोली कुल २२ पटक एक अर्कामा भिडेका छन् । जसमध्य चेन्नाईले १४ पटक खेल आफ्नो पोल्टामा पारेको थियो भने बंग्लोरले सात पटक आफ्नो पक्ष्यमा राख्न सकेको थियो । एक खेल भने नतिजा बिहिन रह्यो । पछिल्लो पाँच खेलको नतिजा हेर्ने हो भने चेन्नाईले पाँच खेलमा नै जीत हात परेको छ ।
त्यस्तै नेपाली राष्ट्रिय टोलीका युवा लिग स्पिनर सन्दिप लामिछानेको टोली दिल्ली क्यापिटल्सले यस संस्करणको आईपिएलमा मुम्बई इन्डियनस् बिरुद्ध खेलबाट शुरु गर्नेछ । मुम्बईको घरेलु मैदानमा हुने खेल आइतबार राती नेपाली समय अनुसार ८:१५ बजे शुरु हुनेछ ।
दिल्लीको खेल तालिका
चैत्र १० दिल्ली बिरुद्ध मुम्बई इन्डियनस् ८:१५ बजे
चैत्र १२ दिल्ली बिरुद्ध चेन्नाई सुपर किंग्स ८:१५ बजे
चैत्र १६ दिल्ली बिरुद्ध कोलकाता नाईट राईडर्स ८:१५ बजे
चैत्र १८ दिल्ली बिरुद्ध किंग्स ११ पन्जाब ८:१५ बजे
चैत्र २१ दिल्ली बिरुद्ध सनराइजर्स हैदराबाद ८:१५ बजे
चैत्र २४ दिल्ली बिरुद्ध रोयल च्यालेन्जर्स बंग्लोर ४:१५ बजे
चैत्र २९ दिल्ली बिरुद्ध कोलकाता नाईट राईडर्स ८:१५ बजे
बैशाख १ दिल्ली बिरुद्ध सनराइजर्स हैदराबाद ८:१५ बजे
बैशाख ५ दिल्ली बिरुद्ध मुम्बई इन्डियनस् ८:१५ बजे
बैशाख ७ दिल्ली बिरुद्ध किंग्स ११ पन्जाब ८:१५ बजे
बैशाख ९ दिल्ली बिरुद्ध राजस्थान रोयल्स ८:१५ बजे
बैशाख १५ दिल्ली बिरुद्ध रोयल च्यालेन्जर्स बंग्लोर ८:१५ बजे
बैशाख १८ दिल्ली बिरुद्ध चेन्नाई सुपर किंग्स ८:१५ बजे
बैशाख २ दिल्ली बिरुद्ध राजस्थान रोयल्स ४ :१५ बजे
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया