प्रहरीले वास्तविक बलात्कारीलाई नसमाते भन्दै आज पनि महेन्द्रनगर तनावग्रस्त "महिला अधिकारकर्मीहरुको अनसन जारी "
लिलि कुँवर । कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कार जस्तो जघन्य अपराध पछि हत्या भएको र वास्तविक अपराधीलाई प्रहरी प्रशासनले अहिलेसम्म नसमातेर आरोप लगाएका छन । अन्दोलनकारीले मानसिक सन्तुलन बिग्रेको व्यक्तिलाई अभियुक्त रुपमा सार्वजनिक गरेको भन्दै आज पनि महेन्द्रनगर तनावग्रस्त बनाएका हुन ।
आन्दोलनमा विभिन्न स्कुलका विद्यार्थीहरु, स्थानिय नगरवासीहरु, नागरिक समाज, अधिकारकर्मीहरु, ब्यापार ब्यापारीहरु समेत स्वस्फूर्त रुपमा सहभागी भएका छन । महिला अधिकारकर्मी र नागरिक समाजको अनसन ६ दिनदेखि जिल्ला प्रशासनको कार्यालय अगाडी जारी छ । आन्दोलनकारीहरु चोक चोकमा टायर बालेर प्रदर्शन गरि रहेका छन । आन्दोलनको कारण महेन्द्रनगर बजारको यातायात ठप्प छ, बजार बन्द र सबै विद्यालय बन्द हुँदा कंचनपुर वासीको सास्थि पनि बढ्दै गएको छ । प्रदर्शनकारीहरु घाम, पानी केही नभनि आन्दोलन तिब्र बनाएका छन ।

उनीहरुले प्रहरी प्रशासन बिरुद्ध नारा वाजी गर्दै वास्तविक बलात्कारीलाई कार्वाहिको माग राखेका छन् भने आन्दोलनका क्रममा कंचनपुरका नेता टेकेन्द्र जोशी लगायत आन्दोलनकारीहरुलाई प्रहरीले हिरासतमा लिएकोमा अविलम्व रिहा गर्न माग गरेका छन । विद्यार्थीहरुले शान्तिपूर्ण आन्दोलनमा राज्य पक्षबाट भैरहेको हस्तक्षेपको निन्दा गरेका छन । उनीहरुले कंचनपुर अनिश्चितकालीन बन्द भनी आह्वाहन पनि गरेका छन । पिडित परिवारले केरकार समेत नगरेको भनेका बम दिदिबहिनीको घर आक्रमण गर्न खोज्दा हजारौंको भीडका कारण भगतपुर क्षेत्र समेत तनावग्रस्त भएको छ । मन्जु बमको घर अगाडी पनि प्रदर्शनकारीहरुले टायर जलाएपछि भिड तितरवितर गर्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । कञ्चनपुरका प्रहरी प्रमुख डिल्लीराज विष्टका अनुसार आन्दोलनकारीले ढुंगामुडा प्रहार गरि प्रहरीको गाडी तोडफोड गरेकाले अश्रुग्याँस छोडियो बताए । । निर्मलाका आफन्तहरुले प्रहरीहरु बम परिवारसंग मिलेको पनि आरोप लगाएका छन ।

स्थानियहरुका अनुसार हामी बिहान ४ बजे दुध लिएर जान्छौ त्यो मान्छे हामीहरु देख्नासाथ भाग्थ्यो । त्यो बलात्कारी हुनै सक्दैन हामी मान्दैनौ । जबसम्म प्रहरीले वास्तविक बलात्कारीलाई समातेर कारवाही अघि बढाउदैन तब सम्म हामीले मर्नु परे नि मरौला हामी पछाडी हटदैनौ । हाम्रो आन्दोलन जारी रहन्छ ।
मंगलबार साझ जिल्ला प्रशासन कार्यालयमा भएको द्धीपक्षीय बैठकमा प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले अहिले पक्राउ परेको अभियुक्तलाई मात्र दोषी मानेर अनुसन्धान नरोकी पिडित पक्षले शंका गरेका ब्यक्ति माथि पनि अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् । महेन्द्रनगरवासीहरु आफनो कामकाज छोडी आन्दोलनमा बिहानै देखि लाग्ने गरेका छन् । आन्दोलन दबाउन प्रहरी प्रशासनले चोक चोकमा अश्रु ग्याँस र लाठीचार्ज गर्न लागि परेका छन तर आनन्दोलनकारी झन झोमिएर प्रशासन विरुद्ध नारावाजी लगाईरहेका छन् । मनघडन्ते र तथ्यहिन प्रमाण खडागरि मानसिक रोगी विष्टलाई किटानी जाहेरी दिन पन्त परिवारलाई दबाव दिएको निर्मलाका आफन्तजनले प्रहरी प्रशासनलाई आरोप लगाएका छन ।
बलात्कार पछि हत्या भएकी निर्मला पन्तको वास्तविक हत्यारालाई सार्वजनिक गर्न मागष गर्दै स्थानिय बासिन्दा देखि व्यापारीहरु प्रशासन विरुद्ध नारा बाजी गरिरहेका छन । एकातिर माति शक्ति राधे राधे परिवारले छोरि निर्मलाको आत्मा शान्ति र उसलाई बलात्कार गर्ने बलात्कारीको छिटो भन्दा छिटो खोजिहोस र उसलाई कडा भन्दा कडा सजाय मिलोस भनेर अखन्ड रामायण राम जानकी मन्दिरमा लगाएका छन । गत साउन १० गते घरबाट साथीको घरमा विज्ञान विषयको उत्तरपुस्तिका लिन गएकी १३ बर्षीया बालिका ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिईन ।
लिलि कुँवर । कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कार जस्तो जघन्य अपराध पछि हत्या भएको र वास्तविक अपराधीलाई प्रहरी प्रशासनले अहिलेसम्म नसमातेर आरोप लगाएका छन । अन्दोलनकारीले मानसिक सन्तुलन बिग्रेको व्यक्तिलाई अभियुक्त रुपमा सार्वजनिक गरेको भन्दै आज पनि महेन्द्रनगर तनावग्रस्त बनाएका हुन ।
आन्दोलनमा विभिन्न स्कुलका विद्यार्थीहरु, स्थानिय नगरवासीहरु, नागरिक समाज, अधिकारकर्मीहरु, ब्यापार ब्यापारीहरु समेत स्वस्फूर्त रुपमा सहभागी भएका छन । महिला अधिकारकर्मी र नागरिक समाजको अनसन ६ दिनदेखि जिल्ला प्रशासनको कार्यालय अगाडी जारी छ । आन्दोलनकारीहरु चोक चोकमा टायर बालेर प्रदर्शन गरि रहेका छन । आन्दोलनको कारण महेन्द्रनगर बजारको यातायात ठप्प छ, बजार बन्द र सबै विद्यालय बन्द हुँदा कंचनपुर वासीको सास्थि पनि बढ्दै गएको छ । प्रदर्शनकारीहरु घाम, पानी केही नभनि आन्दोलन तिब्र बनाएका छन ।
उनीहरुले प्रहरी प्रशासन बिरुद्ध नारा वाजी गर्दै वास्तविक बलात्कारीलाई कार्वाहिको माग राखेका छन् भने आन्दोलनका क्रममा कंचनपुरका नेता टेकेन्द्र जोशी लगायत आन्दोलनकारीहरुलाई प्रहरीले हिरासतमा लिएकोमा अविलम्व रिहा गर्न माग गरेका छन । विद्यार्थीहरुले शान्तिपूर्ण आन्दोलनमा राज्य पक्षबाट भैरहेको हस्तक्षेपको निन्दा गरेका छन । उनीहरुले कंचनपुर अनिश्चितकालीन बन्द भनी आह्वाहन पनि गरेका छन । पिडित परिवारले केरकार समेत नगरेको भनेका बम दिदिबहिनीको घर आक्रमण गर्न खोज्दा हजारौंको भीडका कारण भगतपुर क्षेत्र समेत तनावग्रस्त भएको छ । मन्जु बमको घर अगाडी पनि प्रदर्शनकारीहरुले टायर जलाएपछि भिड तितरवितर गर्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।
कञ्चनपुरका प्रहरी प्रमुख डिल्लीराज विष्टका अनुसार आन्दोलनकारीले ढुंगामुडा प्रहार गरि प्रहरीको गाडी तोडफोड गरेकाले अश्रुग्याँस छोडियो बताए । । निर्मलाका आफन्तहरुले प्रहरीहरु बम परिवारसंग मिलेको पनि आरोप लगाएका छन ।
स्थानियहरुका अनुसार हामी बिहान ४ बजे दुध लिएर जान्छौ त्यो मान्छे हामीहरु देख्नासाथ भाग्थ्यो । त्यो बलात्कारी हुनै सक्दैन हामी मान्दैनौ । जबसम्म प्रहरीले वास्तविक बलात्कारीलाई समातेर कारवाही अघि बढाउदैन तब सम्म हामीले मर्नु परे नि मरौला हामी पछाडी हटदैनौ । हाम्रो आन्दोलन जारी रहन्छ ।
मंगलबार साझ जिल्ला प्रशासन कार्यालयमा भएको द्धीपक्षीय बैठकमा प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले अहिले पक्राउ परेको अभियुक्तलाई मात्र दोषी मानेर अनुसन्धान नरोकी पिडित पक्षले शंका गरेका ब्यक्ति माथि पनि अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् । महेन्द्रनगरवासीहरु आफनो कामकाज छोडी आन्दोलनमा बिहानै देखि लाग्ने गरेका छन् । आन्दोलन दबाउन प्रहरी प्रशासनले चोक चोकमा अश्रु ग्याँस र लाठीचार्ज गर्न लागि परेका छन तर आनन्दोलनकारी झन झोमिएर प्रशासन विरुद्ध नारावाजी लगाईरहेका छन् । मनघडन्ते र तथ्यहिन प्रमाण खडागरि मानसिक रोगी विष्टलाई किटानी जाहेरी दिन पन्त परिवारलाई दबाव दिएको निर्मलाका आफन्तजनले प्रहरी प्रशासनलाई आरोप लगाएका छन ।
बलात्कार पछि हत्या भएकी निर्मला पन्तको वास्तविक हत्यारालाई सार्वजनिक गर्न मागष गर्दै स्थानिय बासिन्दा देखि व्यापारीहरु प्रशासन विरुद्ध नारा बाजी गरिरहेका छन । एकातिर माति शक्ति राधे राधे परिवारले छोरि निर्मलाको आत्मा शान्ति र उसलाई बलात्कार गर्ने बलात्कारीको छिटो भन्दा छिटो खोजिहोस र उसलाई कडा भन्दा कडा सजाय मिलोस भनेर अखन्ड रामायण राम जानकी मन्दिरमा लगाएका छन । गत साउन १० गते घरबाट साथीको घरमा विज्ञान विषयको उत्तरपुस्तिका लिन गएकी १३ बर्षीया बालिका ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी थिईन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

तपाइँको प्रतिक्रिया