सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

नागरिक समाज द्धारा जनचासोका बिषयमा चिन्ता व्यक्त

धनगढी १८ फागुन । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा नागरिक समाजको वर्तमान अवस्था र भुमिका बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा सहभागिहरुले नागरिकका जन चासोका सवालहरु ओझेलमा पर्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
नागरिक समाजको वर्तमान अवस्था र भुमिका बिषयक कार्यक्रममा सिएसो च्याम्पीयन डा.जानकी तुलाधरले अवधारण पत्र प्रस्तुत गर्नुभएको थियो भने एफएमडिसीका कार्यक्रम संयोजक ओम जोशीले वर्तमान अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।


एफएमडिसीले पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत आयोजना गरेको कार्यक्रमा एफएमडिसीका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार उमीद बागचन्दले नागरिक समाज जिम्मेवार बन्नुपर्ने बताए ।

उनले आम सरोकारका बिषयमा नागरिक समाज एक ठाउँमा आउनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा एफएमडिसीले पैरवी गर्दै आएको सामुदायिक बिद्यालयहरुमा सामाजिक परिक्षण नगरेको र सुचना अधिकारी नतोकेको, सामुदायिक बिद्यालयहरुमा दलित समुदायको प्रतिनीधित्व हुने गरि शिक्षक व्यवस्थापन गर्न नितीगत व्यवस्था र सिकलसेल एनिमिया बिरामीहरुका लागि बनाईएको नितीलाई सुधार गरि जुनसुकै सरकारी अस्पतालबाट आजिवन निशुल्क उपचारको व्यवस्थाका लागि पैरवी गर्ने सवालका बारेमा पनि जानकारी गराएको थियो ।


त्यस्तै जिल्ला बार कैलालीका अध्यक्ष शिब केसीले नागरिक समाजलाई सरकारले हेर्ने दृष्टिकोण फराकिलो हुनुपर्ने बताए ।
त्यस्तै नागरिक समाजका प्रेम ढुंगानाले नागरिक समाज लोकतन्त्रको प्रतिपक्ष भएको उल्लेख गर्दै सरकारले नागरिक समाज संग छलफल गर्ने बतावरण नबनाएको गुनासो गर्नुभयो ।


महिला अधिकारकर्मी चित्रा पनेरुले नागरिक समाज बलियो रुपमा उभिन सक्नुपर्ने धारण व्यक्त गर्नुभयो ।
जनप्रतिनीधी रत्ना बिष्टले सरकार नागरिक समाज संग संगै मिलेर जान तयार भएको उल्लेख गर्दै नागरीक समाज जागरुक हुनुपर्ने बताए ।
एफएमडिसीका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक उमीद बागचन्दको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य सिएसो च्याम्पीयन ईश्वर उपाध्यायले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन एफएमडिसिका अभियान अधिकारी निराजन परियारले गर्नुभएको थियो ।

कार्यक्रममा जनप्रतिनीधीहरु, नागरिक समाजका प्रमुख तथा प्रतिनीधीहरु,पत्रकार लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

  • १८ फाल्गुन २०७५, शनिबार १०:०२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU