डोटीको रानागाउ“मा मदिरा र जुवा नियन्त्रण गर्न माग
डोटी– रानागाउका महिलाहरुले केआईसिंह गाउपालिकाका जनप्रतिनिधीहरुसंग मदिरा र जुवा नियन्त्रण तथा व्यवस्थापनका लागि माग गरेका छन् ।

उनीहरुले गाउपालिकाका उपाध्यक्ष मिना बिष्टलाई ज्ञापन पत्र बुझाएका छन् । मदिरा र जुवातासले महिलाहरुमाथि दैनिक घरेलु हिंसा बढ्दै गएको भन्दै महिलाहरुका तर्फबाट रानागाउ जमलकट्टेकी यशोदा शर्माले जनप्रतिनिधीहरुलाई बुधबार ज्ञापनपत्र दिएकी छन् । उनले उपाध्यक्ष मिना बिष्टलाई ज्ञापनपत्र बुझाएको बताइन् ।
‘महिलाले महिलाको पीडा बुझ्ने भएकाले उपाध्यक्ष बिष्टलाई ज्ञापनपत्र दिएका हौं’, गाउपालिका अध्यक्ष लोकेन्द्र शाही उपस्थित रहेको कार्यक्रममा शर्माले भनिन्,‘ हामीलाई उपाध्यक्ष बिष्टमाथि ठुलो आशा छ, मदिराले हाम्रा घरबार बिग्रेकाले नियन्त्रणका लागि स्थानिय सरकारसंग माग गरिएको हो ।’
केआईसिंह गाउपालिका ५ रानागाउमा एफएमडिसीले जनप्रतिनिधी र गाउपालिकाका स्थानियबासिन्दा बिच प्रत्यक्ष अन्र्तक्रिया गराउन बुधबार साझा सभा कार्यक्रमको आयोजना गरेको थियो ।
सो कार्यक्रममा ज्ञापनपत्र बुझ्दै गाउपालिका उपाध्यक्ष मिना बिष्टले मदिरा नियन्त्रण तथा व्यवस्थापन बारे गाउपालिकामा छलफल भइरहेको बताइन् ।
उनले मदिराका कारण बढ्दै गएको बिकृतीबारे आफु जानकारी रहेको र त्यसका लागि स्थानियको सहयोग मिलेमा अघि बढ्न तयार रहेको बताइन् । गाउपालिका अध्यक्ष लोकेन्द्र शाही र वडाध्यक्ष रामचन्द्र राणाले मदिरा नियन्त्रण तथा व्यवस्थापनका लागि गाउपालिका एक्लै लागेर सफल नहुने बताए ।
स्थानिय महिला,दल र युवाहरुको प्रतिबद्धता आए मदिरा निषेध गर्न गाउपालिकाले कानुन बनाउने प्रतिबद्धता व्यक्त गरे । स्थानिय लोक बहादुर बिक, भिम बहादुर कठायत, कृष्ण रावलले मदिरा नियन्त्तणका लागि आफुहरु सहयोग गर्न तयार रहेको बताएका थिए ।
साझा सभा कार्यक्रममा जनप्रतिनिधीहरुले शिक्षा तथा स्वास्थ्यको प्रबर्धनका लागि अघि बढ्ने प्रतिबद्धता समेत गरेका छन् ।
एफएमडिसीद्धारा संचालीत पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत गठन भएको रानागाउ स्थानिय सभामा गाउपालिकाको सुशासन नीति तथा सामाजिक जवाफदेहिताका औजारहरु बनाउन पैरबी गर्ने भन्दै यस अघि वडाध्यक्ष रामचन्द्र राणामार्फत गाउपालिकालाई ज्ञापनपत्र हस्तान्तरण गरिएको थियो । सो ज्ञापनपत्र पछि गाउपालिकाले सुशासन नीतिका लागि गृहकार्य गर्दै आएको अध्यक्ष लोकेन्द्र शाहीले जानकारी दिएका छन् ।
बुधबार रानागाउ स्थानिय सभा संयोजक दुर्गासिंह रावलले गाउपालिका अध्यक्ष शाहीलाई सोही साझा सभा कार्यक्रममा सुशासन नीतिको मस्यौदा निर्माणका लागि कार्यदल गठन गर्न ध्यानाकर्षण पत्र बुझाएका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया