सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पोरखे क्षेत्रको प्रवद्र्धन गर्न बडिमालिका नगरपालिकाको पद यात्रा (फोटो फिचर)

रमित बि.क. बाजुरा ३ फागुन । बडिमालिका नगरपालिकाले पोरखे क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि पद यात्रा गरेको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धन र पोरखे क्षेत्रको प्रचार प्रसारका लागि जिल्ला स्थित सरोकारवाला निकाय सम्मेलित पद यात्रा गरेको हो ।
राजनीतिक दलका नेता सहीत सरकारी तथा गैर सरकारी निकाय, उद्योग वाणिज्य संघ, पत्रकार, प्रहरी प्रशासन सबैको उपस्थिति गराएर पोरखे क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा स्थापीत गर्न अभियान स्वरुप कार्यक्रम गरेको नगर प्रमुख पदम बडुवालले बताए ।


सेताम्य हिउँको पाटन, जिल्लाकै ठूलो वन क्षेत्र, कालाजाग्रा गुफा ताल सहीत पोरखे गढी रहेको पोरखे क्षेत्रको प्रवद्र्धनमा पद यात्राले सकारात्मक सन्देश दिएको जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकायाले बताए ।
नगर क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्यमा रुपमा पोरखे क्षेत्रलाई स्थापित गर्न बडिमालिका नगरपालिकाले पहिलो प्रयास स्वरुप पद यात्रा गरेको उपप्रमुख कविता विष्टले बताए । बडिमालिका नगरपालिका वडा नं. ७ को संयोजनक र सुदूर साहित्य प्रतिष्ठान बाजुरासँगको सहकार्यमा गरिएको हो ।

आन्तरिक पर्यटनको महिमा प्रष्ट्याउने र पोरखे क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने प्रमुख लक्ष्य सहीत कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पुगेका सबैजसोले इच्छा मेट्ने गरी हिउँ खेलेका थिए । निकै उत्साह र उमंगका साथ हिउँमा रमाउने र फोटो खिच्नेको संख्या अधिक रहेको थियो । हिउँसँगै रमाउँन पाउँदा पुगेका सहभागि मख्ख थिए ।

प्रणय दिवसमा गजल वाचन
प्रणय दिवसको अवसर पारी पर्यटकीय स्थल पोरखे गढीमा गजल बाचन कार्यक्रम आयोजना गरिएको छ । प्रेमसँग बढी सम्बन्ध राख्ने विधा भएकोले दिवसको अवसरमा प्रकृतिको रमणिय स्थल पोरखे लेकमा गजल वाचन कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिष्ठानले जिल्लामा साहित्यका गतिविधि बढाई कला साहित्यको संरक्षण र प्रर्वद्धन गर्न प्रत्येक वर्षको प्रणय दिवसको दिन कार्यक्रम आयोजना गर्ने गरेको छ । जिल्लामा पछिल्लो समय गजल लेखन तथा साहित्यमा अभिरुचि राख्नेको संख्यामा वृद्धी हुँदै गएको छ । सेताम्य हिउँको आँगनमा श्रृगारिक गजलका भाकाहरु वाचन गर्दा र जिल्लाकै सिर्जना शक्ति भएका स्रष्टा पोरखे क्षेत्रमा भेला हुँदा फरक सन्देश प्रवाह भएको विश्वास प्रतिष्ठानले लिएको छ ।

हिउँमाथि देउडा

पोरखे क्षेत्रमा रहेको हिउँ माथि नै कलाकारले देउडा लगाएका छन् । मिलन विछोड, प्रकृति प्रेम र पर्यटनका विषयलाई जोडेर कलाकारले हिउँकै तन्ना माथि उत्साहका साथ देउडा खेल लगाएका हुन् ।


बडिमालिका नगरपालिकाले गरेको पोरखे पैदल यात्रा कार्यक्रम अन्र्तगत स्थानीय कलाकारहरुसँगै सहभागि सबैले देउडा खेल्न साथ दिएका थिए । सुदूर साहित्य प्रतिष्ठानको संयोजनमा गरिएको देउडा खेलमा महिला तर्फबाट राइकला बुढा, सुना बि.क., रोशनी रोकाया र पुरुष तर्फबाट बसन्त विश्वकर्माले गीत भनेका थिए ।

ठाउँ ठाउँमा स्वागत स्थानीय खाना
आन्तरिक पर्यटन प्रवद्र्धनको प्रमुख विषय बनाएर गरिएको पोरखे पद यात्रामा सहभागिहरुलाई ढम्कने बासीले स्थानीय खाना खुवाएका छन् । स्थानीय चामलको भात, गाउँमै फलेका सिमीको दात, कोदाको रोटी, सिस्नुको फाँडो, आलुको तरकारी सहीतका परिकार खुवाईएको छ ।
जिल्ली क्षेत्रबाटै स्वागत गर्न सुरु गरेका स्थानीयले साँच्चीकै पर्यटकलाई झै स्वागत र सत्कार गरेका थिए । पोखरे क्षेत्रको प्रवद्र्धन हुने विश्वासका साथ ७ नम्बर वडा बासीले आलु, मकै, जौका माला, लालीगुराउँसका फुलको अभिनन्दन र न्यानो आतिथ्यता दिएका थिए ।

  • ३ फाल्गुन २०७५, शुक्रबार ०५:१८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU