सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

ज्योति महतसँग मन्त्री सिता बादीको भेट, उपचार र आत्मनिर्भरताका लागि आवश्यक सहयोग गर्ने

काठमाडौं २९ साउन । गम्भीर स्वास्थ्य समस्याका कारण उपचार तथा पुनर्स्थापनाको चुनौती सामना गरिरहेकी ज्योति महतसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले आज भेट गरी उनको स्वास्थ्य अवस्था, उपचार तथा आगामी आवश्यकताबारे जानकारी लिनुभएको छ।

भेटका क्रममा ज्योतिले आफ्नो स्वास्थ्य अवस्था, उपचारका क्रममा भोग्नुपरेका समस्या तथा आगामी दिनमा आवश्यक सहयोगबारे मन्त्री बादीलाई जानकारी गराउनुभएको थियो। साथै, आफूले भोगेको यौन हिंसाका विषयमा समेत उहाँले मन्त्री बादीलाई जानकारी गराउनुभएको थियो।

ज्योतिको अवस्था र आवश्यकताबारे जानकारी लिएपछि मन्त्री बादीले उपचारका लागि आवश्यक सहयोग तथा स्वास्थ्य सेवामा सहजीकरण गर्न पहल गर्ने बताउनुभयो। साथै, यौन हिंसासम्बन्धी विषयमा आवश्यक न्यायका लागि सम्बन्धित निकायसँग समन्वय तथा सहजीकरण गर्ने बताउनुभयो।

मन्त्री बादीले दीर्घकालीन पुनर्स्थापना र आत्मनिर्भरताका लागि रोजगारी तथा जीविकोपार्जनको अवसर उपलब्ध गराउन आवश्यक पहल र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो।

मन्त्री बादीले उपचार गराएर मात्र राज्यको जिम्मेवारी पूरा नहुने बताउँदै पीडित नागरिकलाई न्याय, आत्मनिर्भरता र सम्मानजनक जीवनमा फर्काउन राज्यले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

“राज्यको जिम्मेवारी उपचार गराएर मात्र पूरा हुँदैन। पीडित नागरिकलाई न्याय दिलाउने प्रक्रियामा सहजीकरण गर्नुका साथै आत्मनिर्भर बन्ने अवसर र सम्मानपूर्वक जीवन जिउने वातावरण निर्माण गर्नु पनि राज्यको दायित्व हो,” मन्त्री बादीले भन्नुभयो।

उहाँले ज्योतिको स्वास्थ्य, पुनर्स्थापना र न्यायका लागि आवश्यक सहयोगका क्षेत्र पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गर्न मन्त्रालयका अधिकारीलाई निर्देशन दिनुभएको छ।

मन्त्रीसँगको भेटमा ज्योतिले आफ्नो अवस्थाप्रति चासो राखी उपचार, न्याय र भविष्यका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकोमा आभार व्यक्त गर्नुभएको थियो।

मन्त्रालयले प्रभावित तथा जोखिममा रहेका नागरिकको उपचार, संरक्षण, न्यायमा पहुँच, पुनर्स्थापना, सामाजिक सुरक्षा र आत्मनिर्भरताका लागि उपलब्ध सरकारी संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्दै जाने जनाएको छ।

  • २९ श्रावण २०८३, शुक्रबार १८:३० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU