नगरप्रमुख वडव्दारा माघीको अवसरमा शुभकामना सन्देश
धनगढी ३० पुस । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले थारु समुदायको नयाँ बर्ष (माघी) माकर संक्रान्तिको अवसरमा शुभ कामना ब्यक्त गरेका छन् । नगरप्रमुख वडले बहुभाषा, बहु संस्कृती र बहुधर्म भएको हाम्रो देशमा यस्ता चाड पर्वहरुले सामाजिक एकता, धार्मिक सहिष्णुता, भातृत्वलाई कसिलो बनाउने सन्देशमा उल्लेख गरेका छन् ।
धनगढी उप–महानगरपालिकाले हरेक जाति, बर्ग, क्षेत्र, धर्म र समुदायका चाडपर्वलाई समान प्राथमिकता दिदै आएको स्मरण गराएका छन् । नगरप्रमुखद्धारा जारी शुभकामना सन्देशमा माघी पर्वले हरेक नेपालीहरुलाई एकताको सुत्रमा बाधिने प्रेरण देओस भन्ने कामना पनि गरिएको छ । पर्बहरुलाई तडकभडक भन्दा आर्थिक मितब्यी बनाउन समेत शुभकामना सन्देशमा आग्रह गरिएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया