सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बैतडी समाज कैलालीको १७औँ रक्तदान महोत्सवलाई किन भनियो ‘भाप्पा’?

धनगढी १८ माघ । बैतडी समाज कैलालीले आगामी फागुन ९ गते (शनिबार) १७औँ संस्करणको रक्तदान महोत्सव आयोजना गर्ने भएको छ। धनगढी उपमहानगरपालिका–स्थित पद्मा हेल्थ कलेज, उत्तरबेहडी मा रहेको समाजको सचिवालय प्राङ्गणमा आयोजना हुने उक्त महोत्सव बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ। बैतडी समाज कैलालीको आयोजनामा हुन लागेको रक्तदान कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको प्राविधिक सहयोग रहनेछ। समाजले महोत्सवका लागि हालैदेखि औपचारिक रूपमा निमन्त्रणाको प्रक्रिया सुरु गरिसकेको छ।

यस वर्षको १७औँ रक्तदान महोत्सवलाई विशेष बनाउँदै समाजले कार्यक्रमको निमन्त्रणाका लागि ‘भाप्पा’ शब्दलाई प्रमुख रूपमा प्रयोग गरेको छ। ‘भाप्पा’ शब्द प्रयोग गर्नुको कारणबारे जानकारी दिँदै बैतडी समाज कैलालीका सदस्य राज बहादुर चन्द ले बैतडी भाषिक तथा सांस्कृतिक पहिचानसँग यसको गहिरो सम्बन्ध रहेको बताए। उनका अनुसार बैतडी भाषामा ‘बुदि’, ‘भौव्वा’, ‘भौल्या’ र ‘भाप्पा’ जस्ता शब्दहरूले भाइ–बहिनी भन्ने साइनो जनाउँछन्। ती शब्दहरूमध्ये ‘भाप्पा’मात्रै यस्तो शब्द हो, जसले पुलिङ्ग र स्त्रीलिङ्ग दुवैलाई एउटै शब्दमार्फत मायालु ढंगले सम्बोधनगर्न सक्ने विशेषता बोकेको छ।

“हामीले मायाले आफुभन्दा सानालाई ‘भाप्पा’ भनेर सम्बोधन गर्छौँ,” चन्दले भने, “त्यही आत्मीयता, अपनत्व र भाइचारा झल्काउने शब्दलाई नाराका रूपमा प्रयोग गरेर रक्तदान महोत्सवलाई अझ भव्य र भावनात्मक बनाउन खोजेका हौँ।” उनका अनुसार रक्तदान जस्तो जीवनदायी अभियानमा सबै उमेर समूह, महिला–पुरुष, युवा–वृद्ध सबैलाई एउटै भावनात्मक सूत्रमा बाँध्न ‘भाप्पा’ शब्द अत्यन्तै उपयुक्त देखिएको हो। त्यसैले यस वर्षको रक्तदान महोत्सव “रक्तदान जीवनदान – भाप्पा” भन्ने भावनासहित अघि बढाइएको छ।

बैतडी समाज कैलालीले विगत वर्षहरूमा पनि निरन्तर रूपमा रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। समाजले १७औँ रक्तदान महोत्सवलाई सफल बनाउन नगरवासी, स्वयंसेवी रक्तदाता तथा सामाजिक मनहरूलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न अपिल गरेको छ।

रक्तदानमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै जीवन बचाउने अभियानमा सबैलाई ‘भाप्पा’ बनेर साथ दिन समाजले अनुरोध गरेको छ।

– स्टेड सेभेनबाट

  • १८ माघ २०८२, आईतवार २०:३९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    पोखरा, २ भदौ । गण्डकी प्रदेशमा बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यहरूलाई सक्षम...

    मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

    काठमाडौं  २ भदौ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै मानव बेचबिखनमुक्त समाज...

    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU