सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

लागु औषध चरेश सहित एक जना पक्राउ,जुवा जस्तै चरेश पनि बन्द गर्ने प्रहरीको लक्ष्य

डीबी विष्ट पुस २५ बझाङ । जिल्ला प्रहरि कार्यलयको सक्रियतामा २ किलो ४८० ग्राम लागु औषध चरेस सहित एक जना प्रक्राउ परेका छन् ।

प्रक्रउ पर्नेमा कैलाली जिल्ला चुरे नगरपालि वडा नम्बर ५ घर भएका २१ बर्षिया जय बहादुर धामी रहेको जिल्ला प्रहरि कार्यलले जनाएको छ । मंगलबार राति बझाङको बुंगल नगरपालिका वडा नम्बर ३ विरपई सेरा विजगडामा रहेको अस्थायी प्रहरि विट विजगडा बाट प्रहरि नायब निरिक्षक नैन सिहँ भाटको कमाण्डमा खटिएको प्रहरी टोलिले उनलाई प्रक्राउ गरेको हो ।

विट अगाडीको चेक पोष्टमा सवारि साधन चेक जाँच गर्ने क्रममा विजगडा बाट बगथला तर्फ जाँदै गरेको रोयल ईन्फिइल्ड लेखिएको अन टेष्ट मोटसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालकले प्रहरिलाई धकटपकट गरि भागेको प्रहरि नायब उपरिक्षक प्रविण धितालले बताउनु भयो ।

मोटर साईकलको पछाडी बसेका धामीर मोटर साईकल भने प्रहरिले नियन्त्रणमा लिन सफल भएको डीएसपी धितालले बताउनु भयो । भाग्ने ब्यक्तीको खोजतलास भई रहको उहाँको भनाई छ ।

मोटराईकल पछाडी बसेका धामिले समातेको झोला बाट हाते झोला एक थाल, राहदानि एक थान, जय बहादुर धामिको नागरीकता प्रमाण पत्र १ थान, जय बहादुर धामिको नामको देशभत्त जनगणतान्त्रीक मोर्चा नेपालको रसिद र सिल्भर स्कृन फुलेको माबाईल एक थान फेला परेको प्रहरिले जनाएको छ । डीएसपी धितालका अनुसार बझाङ जिल्लामा चरेश धेरै उत्पादन हुने र यसको नियन्त्रणका लागि नयाँ कदम चालेको बताउनु भयो ।

स्थानिय बासिन्दाले सहि सुचना नदिने भएका कारण अब बढि भन्दा बढि सिविलमा प्रहरि परिचालन गरि यस्ता अबैधानिक गतिविधि कम गर्न प्रहरि लागि परेको उहाँले बताउनु भयो । अहिले सम्म १८ किलो, १ किलो र यो २ किलो ४८० ग्राम गरि जम्मा २१ किलो ४ सय ८० ग्राम चरेस प्रहरिकै सक्रियतामा समाप्त सफल भएको उहाँले दाबि गर्नु भयो

प्रहरीको कडाई पछि जुवा तास बन्द
बझाङ जिल्ला सदरमुकाम चैनपुरमा बिगत पाँच सात बर्ष देखि लुकीछिपी ब्याबसायिक रुपमा हुने गरेको जुवा तास अहिले बन्द भएको छ । प्रहरी प्रसासनले जिल्लामा हुने गरेको जुवा तास बन्दका लागी प्रहरी प्रसासनले कडाई नगरेको भन्ने ब्यापक जनगुनासो आएपछि प्रहरी कै सकृयताका कारण अहिले जुवा यस्तो अबैध जुवातास बन्द भएको छ ।
बिगतका प्रहरी प्रमुखहरुले पनि एकाध स्थानमा जुवाडेहरु प्रकाउ गरेको भएपनि पछिल्लो पटक जिल्लामा सरुवा भएर आएका प्रहरी नायब उपरिक्षक प्रबिण धितालले जुवातास खेल लाई निर्मुल गर्नका लागी ब्यापक प्रहरी परिचालन गरे पछि सदरमुकाम चैनपुरमा हुने गरेको लाखौको जुवातास अहिले बन्द भएको हो ।

केही महिना अगाडी सदरमुकाम चैनपुरमा भएको पन्ध बिस लाख सम्मको जुवा खेली रहेका दुई वटा समुह लाई पक्राउ गरे पछि ब्याबसायिक रुपमा जुवा खेल्ने मानिसहरुको छिन्नभिन्न भएको छ । चैनपुरमा दिनहु जसो लामो समय देखि लाखौको जुवा खेल्न संलग्न हुने केही नामुद ब्यापारी लगायत कर्मचारीहरु लाई पक्राउ गरेपछि जुवा खेल्ने मानिसहरु डराएका र अहिले जसवा खेल नै बन्द भएको स्थानिय बासिन्दाले बताएका छन् ।
यता प्रहरि नायब उपरिक्षक प्रविण धितालले भने जसरी बझाङ जिल्लामा लामो समय देखी खेलाईदै आएको जुवा बन्द गरिएको छ त्यसरी नै चरेस समेत बन्द गर्न प्रहरि लागि परेको बताएका छन् ।

डीएसपि धितालका अनुसार जुवाडे संगै मिलेर जुवा तास बन्द गर्न सफल भए जस्तै विभिन्न प्रक्रीया अपनाएर सदियौ देखी विक्री वितरण हुदै आएको चरेको ब्यापार पनि बन्द गर्ने प्रहरिले लक्ष्य राखेको उहाँले बताउनु भयो । यसका लागि स्थानीय बासिन्दाहरुले सहयोग साथ दिन उहाँले सबै जिल्लाकासिहरुलाई आग्रह समेत गर्नु भएको छ ।

  • २५ पुष २०७५, बुधबार ११:२७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
    मुख्यमन्त्री खगराज भट्ट : चार दशकको राजनीतिक यात्राबाट सुदूरपश्चिमको नेतृत्वसम्म

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU