पहिलो पटक धनगढीमा मेरो सृंगार मेकप आटीस् आइकन हुदै
निराजन परियार धनगढी । सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा पहिलो पटक मेरो सृंगार मेकप आटीस् आइकन हुने भएको छ ।

जुना बियुट्टी पार्लरको आयोजना तथा मेरो सृंगारको संयोजनमा मेरो सृंगार मेकप आटीस् आइकन यही पुष २८ गते ओम प्यालेसमा दिउसो १ बजे हुने भएको हो ।

कार्यक्रममा दश वटा प्रतियोगीहरुले ३० जना भन्दा बढी मोडेलहरुलाई मेकप गर्ने छन् । उनिहरुले मेकप गरिसकेपछि कार्यक्रमका जजहरुलाई सो गर्नुपर्ने हुन्छ,त्यसपछि जजहरुले मेकपका आधारमा निर्णय गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा मेरो सृंगारको ब्राईडल मेकप सो समेत प्रस्तुत हुने आयोजकले जनाएको छ ।
मेरो सृंगार मेकप आर्टस आइकनको फेसन कोरियोग्राफर र मिस ग्याम् नेपाल हेमा हमालले गर्नुभएको हो ।
धनगढीको ओम प्यालेसमा २८ गते १ बजे हुने कार्यक्रमका लागि सम्र्पुण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा ५ सय भन्दा बढी सहभागिहरुको सहभागिता रहने अपेक्षा गरेको छ ।
लामो समयदेखि धनगढीमा मेरो सृंगारले बिभिन्न ग्यामर सम्बन्धी कार्यक्रम गर्दै आएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया