सहकारी संस्था समृद्धीका आधार हुनः नगरप्रमुख वड
धनगढी २१ पुस । धनगढी उप महानगरपालीकाका प्रमुख नृपबहादुर वडले सहकारी संस्थाहरुको सही ब्यबस्थापन बाट नै समृद्धीको आधार तय हुने बताएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालीका ८ क्याम्पस रोडमा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै नगरप्रमुख वडले यसकालागि सहकारीमा सबैंको पहुँच बृद्धी गर्नु आवश्यक रहेको बताए । उनले भने,ठूला बैंकहरुमा सबै नागरिकको पहुँच हुदैन त्यसको बिकल्पको रुपमा पनि सहकारी संस्थाहरु रहेका छन् । सहकारीहरुले ब्यावसायीक कृषी क्षेत्रमा लगानी लगाउनुपर्ने नगरप्रमुख वडले बताए । उनले भने,जे गरेर जनताको जिवनस्तर माथी उठ्न सक्छ त्यसमा लगानी केन्द्रित गर्नुहोस । नगरप्रमुख वडले शेर सदस्यहरुमा बचत गर्ने बानीको विकास गर्नकालागि सहकारी शिक्षा आवश्यक भएको बताए ।
धनगढी उपमहानगरपालिका ८ का अध्यक्ष नारायण बरालले सहकारी सम्वन्धी नयाँ ऐन आईसकेकाले यसका बारेमा सबैले जानकारी राख्नुपर्ने बताए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया