सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

विधायक पूजा पालले समाजवादी पार्टीमाथि प्रहार

उत्तर प्रदेश भारत ४ भाद्र  । उत्तर प्रदेशको चायल विधानसभा क्षेत्रकी विधायक पूजा पालले समाजवादी पार्टी (सपा) विरुद्ध कडा प्रहार गरेकी छन्। हालै सपा प्रमुख अखिलेश यादवले उनलाई पार्टीबाट निष्कासन गरेपछि पूजा पालले सामाजिक सञ्जाल X मार्फत लामो पोस्ट लेख्दै आफ्नो पीडा र अनुभव सार्वजनिक गरेकी हुन्।

पूजा पालले लेखेकी छन् कि आफ्नो विवाह भएको मात्र नौ दिनमै उनका पति तथा तत्कालीन विधायक राजू पालको 25 जनवरी 2005 मा दिनदहाडै अतीक अहमद र उनका भाई अशरफले गोली हानी हत्या गरेका थिए। “त्यो दिनसम्म उनीहरू गोली चलाइरहे, जबसम्म राजू पालको शरीरबाट प्राण निक्लेन,” उनले पोस्टमा उल्लेख गरेकी छन्।

“महिलालाई यस्तो पीडा नहोस्”

पूजा पालले भनिन्, “कुनै महिलाले यस्तो पीडा भोग्न नपरोस्। कुनै पत्नी यसरी विधवा बन्नु परोस भन्ने चाहना कसैलाई पनि छैन।”

उनले पार्टीप्रति आक्रोश व्यक्त गर्दै लेखेकी छन् कि सुरुमा उनलाई लाग्थ्यो समाजवादी पार्टीले आफ्नो पुरानो छायाँ छोडेर नयाँ बाटो लिएको छ, तर फेरि पनि सपा ‘माफियाप्रतिको मोह’मा फसेको छ।

योगी सरकारको प्रशंसा, निष्कासनको कारण

हालै विधानसभा बैठकमा पूजा पालले मुख्यमन्त्री योगी आदित्यनाथद्वारा माफिया अतीक अहमद र अशरफविरुद्ध गरिएको कारबाहीको खुलेर प्रशंसा गरेकी थिइन्। उनले भनेकी थिइन् – “योगी सरकारले माफियालाई माटोमा मिलाउने काम गरेको छ।”

यही बयानपछि समाजवादी पार्टीले तुरुन्तै उनलाई पार्टीबाट निकाल्ने निर्णय गरेको थियो।

पूजा पालको लामो पोस्टपछि पुनः सपा नेतृत्व आलोचनामा तानिएको छ भने उनी आफूलाई न्यायका लागि अझ कडा संघर्ष गर्ने प्रतिबद्धतामा रहेको बताएकी छन्।

  • ७ भाद्र २०८२, शनिबार १८:११ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी
    4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU