बझाङका १२ वटै स्थाननिय तहमा लैङ्गिक हिंशा कमगर्न समिति गठन गरिने
डीबी विष्ट पुस १२ बझाङ । बझाङका १२ वटै स्थाननिय तहमा लैङ्गिक हिंशा नियन्त्रण गर्ने उदेश्यले लैङ्गिक हिंशा नियन्त्रण सञ्जाल समिति गठन गरिने भएको छ । जिल्ला स्तरीय लैङ्गिक हिंशा नियन्त्रण सञ्जाल समितिको शुक्रबार बसेको पहिलो बैठेकले बझाङ जिल्लामा १० गाँउपाललिका र २ वटा नगरपालिकामा अबको ३ महीना भित्र नगरपालिका र गाँउपालिका स्तरिय लैङ्गिक हिंशा नियन्त्रण सञ्जाल समिति गठन गरि सक्ने निर्णय गरेको हो । जिल्ला स्तरीय लैङ्गिक हिंशा नियन्त्रण सञ्जाल समितिका संयोजक तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक प्रविण धितालको अध्यक्षतामा बसेको समितिको बैठेकले समितिका कोषाध्यक्ष सिता सिहँको संयोजगत्व रहने गरि ७ सदस्य आर्थिक संकलन उप समिति समेत गठन गरिएको समितिका संयाृजक तथा प्रहरि नायब उपरिषक प्रविण धिताले बताउनु भयो ।

जिल्ला स्तरीय लैङ्गिक हिंशा नियन्त्रण सञ्जाल समिति तथा नगरपालिका र गाँउपालिका स्तरिय लैङ्गिक हिंशा नियन्त्रण सञ्जाल समितिले लैङ्गिक हिंशा पीडितहरुलाई तत्काल उद्धार गर्न हिंशा भई रहेको स्थानमा गई सामुहिक हस्तषप गर्न, अनुसन्धान गर्न, प्रभावितको अधिकारसंरक्षण गर्न, कानुनि सल्लाह दिन, मनोसामाजिक सहयोग प्रदान गर्न, उपचार गर्न, राहत आदि प्रदान गर्न सरोकारवाला निकायहरु संग समन्वय गर्ने समितिका संयोजक तथा डिएसपि धितालले बताउनु भयो । यस्तै समितिले लैङ्गिक हिंशाका घटनाहरु तत्काल सम्बोधन, न्युनिकरण, नियन्त्रण गर्न जिल्ला समन्वय समिति जिल्लाका गाँउपालिका तथा नगरपालिका संग समन्वय गरि स्थानिय श्रोतको पहिचान तथा परिचालन गर्न कार्य ययोजना बनाई प्रभावकारि कार्यन्वय गर्ने जनाइृएको छ । कार्ययोजना अनु्रुप स्थानिय आवष्यकता पहिचान र प्राथमिकीकरणको आधारमा बार्षिक कार्यक्रम बनाई कार्यन्वय गर्ने लगायतका काम गर्ने भएको छ । यस्तै समितिले जनचेतना मुलक कार्यक्रमहरु ग्रामिण बस्तिहरुमा संचालन गरि हिंशा न्युनिकरणमा महत्व पुर्ण भुमिका निर्वाह गर्ने समेत भएको छ । जिल्ला स्तरीय लैङ्गिक हिंशा नियन्त्रण सञ्जाल समिति गठन तथा कार्य संचालन विधि २०७५ अनुसार गठन गरिएको हो ।
२५ जना सदस्य रहेको उक्त समितिले २।२ जना सदस्यलाई तोकेर जिल्लाका १० गाँउपालिका र २ नगरपालिकामा नगरपालिका तथा गाँउपालिका स्तरिय लैङ्गिक हिंशा नियन्त्रण सञ्जाल समिति गठन गर्ने निर्णय गरेको हो । यस्तै उक्त समितिले प्रत्यक वडा स्तरमा वडा स्तरिय लैङ्गिक हिंशा नियन्त्रण सञ्जाल समिति गठन गर्ने छ । बझाङ जिल्लामा बाल विवाहका कारण र बुहविवाहका बारण लैङ्गिक हिंशाका घटना बढी हुने गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया