सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

‘राइड शेअरिङ’बारे सर्वोच्च अदालतका पछिल्ला दुई आदेशको अर्थ र अबको बाटो

काठमाडौं १७ असार । नेपालमा करिब एक दशकदेखि प्रयोगमा रहेको ‘राइड शेअरिङ’ले बेलाबेला कानुनी सकस झेलिरहँदा सर्वोच्च अदालतबाट आएका पछिल्ला दुई आदेशपछि त्यसमा प्रदेशहरू नै अग्रसर भएर कानुन बनाउने स्पष्टता देखिएको भन्दै सोहीअनुसार प्रदेशलाई पत्राचार गरिएको सङ्घीय अधिकारीहरूले बताएका छन्।

यातायात व्यवस्था विभागका प्रवक्ताका अनुसार पछिल्लो समय यसबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक निर्देशिकाको मस्यौदा पठाउँदै विभागमार्फत् त्यसलाई जारी गर्न सुझाएको थियो।

तर विभागले त्यसको समीक्षा गर्ने क्रममा ‘राइड शेअरिङ’सम्बन्धी सम्पूर्ण काममा प्रदेश सरकारको अधिकार आकर्षित हुने देखिएपछि आफूहरूले त्यसो नगरी प्रदेश सरकारहरूलाई आफू अनुकूल हुने गरी कानुन बनाउन पत्राचार गरेको विभागका प्रवक्ता गणेशमान सिं राईले बीबीसीलाई बताए।

राइड शेअरिङका विषयमा नेपालमै पहिलो पटक कानुनी व्यवस्था गरेको गण्डकी सरकारले त्यो राइडर्स र परम्परागत रूपमा सार्वजनिक सवारी सञ्चालन गर्ने दुवैका लागि ‘जितको विषय’ भएको बताएको छ।

गत वर्ष यातायात व्यावसायीको असन्तुष्टिका कारण अन्तिम समयमा प्रदेश सरकार उक्त कानुन पारित गर्न पछि हटेको थियो।

गण्डकी प्रदेश राइड शेअरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ नाम दिइएको सो कानुनलाई त्यहाँको प्रदेश मन्त्रिपरिषद्ले पारित गर्दै जेठ १ गते प्रदेश राजपत्रमा प्रकाशित गरेको छ।

राइडर्सहरूको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेश राइड शेअरिङ कार्यविधि अध्ययन तथा प्राविधिक समितिमा सदस्य बनेका एकजनाले अझै कतिपय विषयमा आफूहरूको विमति रहे तापनि कानुन बन्नु आफैमा ठूलो सफलता भएको बताउँछन्।

  • राइड शेअरिङमा रडाको – यातायात व्यवसायी र राइडर आमनेसामने, सरकार अनिर्णीत
  • नेपालमा राइड सेअरीङ किन अझै नियमन हुन सकेन? कानुन बनेपछि के हुन्छ?

सवारी तथा यातायात व्यवस्था ऐन-२०४९ मा यातायात सेवाको नाम यातायात व्यवस्था विभागमा दर्ता नगरीकन सार्वजनिक सेवामा प्रयोग गर्न नपाइने व्यवस्था छ।

राइड शेअरिङबारे गण्डकी प्रदेश सरकारले ल्याएको एउटा नियमावलीको विरोध गर्दै आन्दोलन सुरु गरेका निजी क्षेत्रका सार्वजनिक यातायात सञ्चालकले सोमवार देशैभरि गाडी थन्क्याएर सेवा ठप्प पारेका छन्।

सार्वजनिक सवारीसाधनहरू सञ्चालन नहुँदा राजधानी काठमाण्डूसहित मुख्य सहरहरू र ग्रामीण क्षेत्रमा समेत सर्वसाधारणले सास्ती पाएका विवरणहरू आइरहेका छन्।

आन्दोलनकारी व्यवसायीसँग सरकारले वार्ता सुरु गरेको छ र अधिकारीहरूले समस्या समाधानका लागि व्यवसायीसमेत सम्मिलित एउटा टोली बनाइएको बताएका छन्।

सहमति जुटाउने प्रयासमा मङ्गलवार फेरि बस्ने यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले बीबीसीलाई बताए।

अकस्मात् यातायात सेवा नै अवरुद्ध हुने अवस्था भोग्नु पर्दा धेरै मानिसहरूले यस्तो परिस्थिति कसरी उत्पन्न हुन पुग्यो भन्ने चासो व्यक्त गरिरहेका छन्।

बीबीसी नेपाली सेवाबाट

  • १७ असार २०८२, मंगलवार ०९:२० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी
    ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU