सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

संसद गालीगलौचको थलो बन्योः कांग्रेस नेता विश्वकर्मा

काठमाडौं १६ असार । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले संसदलाई मर्यादित, व्यवस्थित, तथ्यपरक बहस र गरिमामय स्थल बनाउनु पर्नेमा जोड दिएका छन् ।

संसद दिवसको अवसरमा सोमबार सामाजिक सञ्जालमार्फत उनले संसदीय आचरण, व्यवहार, क्षमता र दक्षतासँग सांसदको मात्र नभइ सम्बन्धित दल र मुलुककै प्रतिष्ठा जोडिने भएकाले यसलाई मर्यादित बनाउन समयमै ध्यान दिनुपर्ने बताएका छन् ।

गत जेठ १२ गतेदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणलाई लिएर संसदमा अवरोध गर्दै आएकाेप्रति लक्षित गर्दै उनले संसदमा हुने सबै गतिविधि भावी पुस्ताका लागि शिक्षा हुने भएकाले मर्यादित, व्यवस्थित, तथ्यपरक बहस र गरिमामय बनाउनु पर्नेमा जोड दिएका छन् । उनले संसद जनताको सार्वभौम अधिकार सम्पन्न राज्यको सर्वोच्च अङ्ग भएको नबिर्सन पनि आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘संसदप्रति मुलुककै प्रतिष्ठा जोडिएको हुन्छ, सम्बन्धित पदाधिकारी, सदस्य, संस्था र दलको बेलैमा ध्यानाकर्षण हुनु जरूरी छ । बानी साह्रै बिग्रिएपछि सच्याउन कठिन हुन्छ ।’

उनले पहिलेका संसदीय गतिविधिमा विवाद, झडपहरू नीतिगत र विषय केन्द्रित हुने गरेको स्मरण गर्दै २०७९ साल पछिको वर्तमान संसद भने अधिकांश असंसदीय, विषयवस्तु विहीन, व्यक्ति विशेष, तथ्यहीन, स्तरहीन गालीगलौच र भ्रमात्मक बहसमा दौडने मैदान बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले यस्तो अवस्था नागरिक अधिकार रक्षा  र संसदीय व्यवस्थाको उन्नत विकास र अभ्यासका लागि कदापी राम्रो नहुने उल्लेख गरेका छन् ।

  • १६ असार २०८२, सोमबार ०४:४३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितको पेसा फेरियो, दलन फेरिएन
    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    ताजा अपडेट

    ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ

    काठमाडौं ३ भाद्र । गृहमन्त्री सुधन गुरुङले ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय...

    दलितको पेसा फेरियो, दलन फेरिएन

    नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायले...

    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु
    • मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU