सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

भारतमा चोरी गरेको अभियोगमा कैलालीबाट आठ जना पक्राउ

धनगढी ३० बैशाख–भारतको दिल्लीमा भएको चोरीसम्बन्धी घटनामा संलग्न आठ जना नेपाली कैलालीबाट पक्राउ परेका छन्। ११ अप्रिलमा दिल्लीस्थित स्थानीय कपिल बद्रीलालको घरमा चोरी भएको घटनामा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। चोरीको घटनामा संलग्नलाई नियन्त्रणमा लिन आवश्यक समन्वय गरिदिन भारतीय दूतावासले अनुरोध गरेको थियो । सोही आधारमा धनगढीका तीन जना सुनचाँदी व्यवसायीसहित आठ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा अछामको मेल्लेख गाउँपालिकाको सेल गाउँका राजेश साउँद, गोकुल साउँद, सुरेश साउँद, धनगढीको एसके सुनचाँदी पसलका सञ्चालक सुरेश बर्मा, दिपेन्द्र सोप र रोविक सुनचाँदी पसलका सञ्चालक रोहित सिंजापती रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी प्रकाश मल्लले पुष्टि गरे ।

उनकाअनुसार गोदावरी नगरपालिकाका मीनबहादुर गुरुङ र ज्ञानेन्द्र खड्कालाई समेत पक्राउ गरिएको छ । यो प्रकरणमा संलग्न दुई जना भारतीय नागरिकसहित झापाका देव मल्ल र दोलखाका शंकर लामा भारतको दिल्लीमा पक्राउ परेका छन् भने अन्य तीन जना अझै फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी जारी छ।प्रहरीकाअनुसार उनीहरूको साथबाट नगद २८ लाख नेपाली रुपैयाँ, दुई सय ४० ग्राम सुन, १३ तोला सुनको गरगहना, चार किलो ९ सय ग्राम चाँदी र चार वटा घडी बरामद भएको छ। प्रहरीका अनुसार बद्रीलालको घरबाट दुई किलो सुन, २२ लाख भारु, १० किलो चाँदी र १० वटा घडी चोरी भएको भन्दै भारतीय दूतावासमार्फत समन्वयका लागि पत्राचार भएको थियो। भारतमा हुने चोरीको हकमा दुई देशबीचको संयुक्त कानुन अभावमा सोही शीर्षकमा मुद्दा चलाउन चुनौतीपूर्ण भए पनि प्रहरीले समन्वय गरेर आरोपितको साथमा भेटिएको नगद र गरगहना सम्बन्धित पक्षलाई नै फिर्ता गराउने गरेको छ। प्रहरीका अनुसार भारतमा घरेलु कामदारका रूपमा जाने नेपाली संगठित रूपमा चोरीमा संलग्न हुने गरेको देखिन्छ।

  • १ जेष्ठ २०८२, बिहीबार ०२:२९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितको पेसा फेरियो, दलन फेरिएन
    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU