सामाजिक सञ्जालमा गलत भ्रम फैलाएको भन्दै गाँउपालीकाको आपत्ती
डीबी विष्ट बझाङ २९मंसिर । जिल्लाको खप्तड छान्ना गाउँपालिको कृषि अबलोकन भ्रमणको बिषय लाई लिएर समाजिक सञ्जालमा केही ब्यक्ति र सञ्चार माध्यामले गलत , तथ्यहिन कुरा सम्प्रेसण गरेको भन्दै खप्तड छान्ना गाउँपालिकाले आपत्ती जनाएको छ ।
समाजीक संजालमा भ्रामक फैलाउने ब्यक्तिहरु लाई कारबाहि गर्न माग गरिएको छ । शुक्रबार गाउँपलिकाले एक प्रेस बिज्ञप्ती जारी गर्दै स्थानिय जनप्रतिनिधीहरुको छबि धमिल्याउन केही ब्यक्ति तथा सञ्चारमाध्यामहरुले तथ्यहिन, आधारहिन, अनर्गल सुचना सम्प्रेषण गरेको भन्दै कारबाहीका लागी माग गरिएको हो ।
नेपाल सरकारको निदृष्ट गरेको कानुन अनुसार तथा गाउँपालिकाले गरेको निणयको परिधी भित्र रहेर कृषि क्षेत्रमा आमुल परिबर्तन ल्याउन गाँउसभा बाट पारित निती तथा कार्यक्रम अन्र्तगत अध्यक्ष बर्क बहकादुर रोकायाको नेतृत्वमा मंसिर १२ गते देखि मसिंर २४ गते सम्म भ्रमण गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बिज्ञप्तीमा भनिएको छ “उक्त भ्रमण अबधी भरी गाँउपालिकाका कार्यबाहक अध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत लगायत शाखाका कर्मचारीहरु समेत नियम कार्यालयमा उपस्थित भई कार्य सम्पादन गरि रहेको र वडामा समेत कार्यबाहक वडा अध्यक्ष अन्य सबै कर्मचारीहरु उपस्थित भई सेवा प्रबाह भई रहेको उक्त भ्रमण बाट दैनिक कार्य सम्पादनमा कुनै असर नपरेको विज्ञप्तीमा जनाईएको छ ।
बिज्ञप्ती मार्फत केही ब्यक्ति तथा सञ्चार माध्यामहरुले स्थानिय सरकारको छबि धमिल्याउन तथ्यहिन, आधारहिन, अनर्गल , झुट्टा प्रचारबाजी गरि गाउँपालिकाका जनप्रतिनिधीहरुको बैयक्तिक स्वतन्त्रता र मानबअधिकार तथा मौलिक हक समेतमा आघात पुग्ने गरि आम जनमानसमा भ्रम सिर्जना गराउन खोज्नेहरुको भ्रममा नपर्न सबै लाई आग्रह गरेको छ । साथै सुचनाको हक र साईबर अपराध कानुन बिपरित जनप्रतिनिधी तथा राष्ट्र सेबक कर्मचारीहरु लाई कलोकल्पीत भावना बाट अभिप्रेरित भई लगाईएका तथ्यहिन दुष्प्रचार प्रति गाउँपालिकाको ध्यानआर्कषण भएको भन्दै अनर्गल र भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने ब्यक्ति लाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरिएको छ ।
गाउँपालिकाको कृषि , पर्यटन , उर्जा तथा बिकास निर्माणको अबस्थाको बारेमा नेपाल तथा भारतका बिभिन्न भु–भागहरुमा अबलोकन भ्रमण गरि गाउँपालिकाको बिकासमा थप टेवा पुग्ने उदेश्यका साथ मंसिर १२ गते देखी झण्डै दुई साता ब्यापी भ्रमणमा टोलीले बिश्व सम्पदा सुचिमा परेको लुम्बीनीको बिकास , कास्की जिल्लाको लुम्लेमा रहेको क्षेत्रिय कृषि अनुसन्धान केन्द्रमा कृषि बैज्ञानिकहरु संग परामर्ष , पोखराको फेवा ताल , डेबिटफल्स , गुप्तेश्वर गुफाको पर्यटकिय अबस्थाको अबलोकन , काठमाण्डौमा रहेको ऐतिहासिक तथा पुरातत्विक सम्पदा तथा त्यस क्षेत्रमा भएको बिकास तथा सभ्यताको अबलोकन , एसिया कै अर्गानिक बाली फलाउने एक मात्र राज्यका रुपमा प्रख्यात भारतको सिक्कीमका गान्तोक र दार्जिलिङको चिया बासी, म्यूजियम, पार्कहरुको लगायत बौद्ध गुम्बाहरुको समेत अबलोकन गरिएको थियो । त्यसै गरि टोलीले ईलामको चियाबारी लगायत यस क्षेत्रमा भई रहेको पर्यटकिय गतीबिधीका बारेमा समेत जानकारी लिएको गाँउपालीकाका अध्यक्ष बर्क रोकायाले बताउनु भयो । नेपाल कै प्रख्यात गाईपालका लागी प्रसिद्ध मानिने चितबनको राष्ट्रिय गाई अनुसन्धान केन्द्रको भ्रमण र पशु बिज्ञ संग परामर्ष र ब्यबसायिक मौरी पालनको समेत स्थलगत अनुगमन गरेको उहाँले जानकारी दिनु भयो । टोलीले कैलालीको धनगडीमा रहेको माछा पालन अनुसन्धान केन्द्रको समेत अबलोकन गरि मंगलबार गाँउपालीका पुगेको अध्यक्ष रोकायाले जानकारी दिनु भयो ।
“ भ्रमण निकै उपलब्धी मुलक भएको र त्यहाँका बिकासक्रम , कृषि, पर्यटन , उर्जा लगायत पुरातत्विक सम्पदाको संरक्षण र सम्बर्धन बाट भई रहेका आर्थिक गतीबिधीहरुले गरिबी निबारणमा पुर्याएको टेवाले गर्दा आफुले पनि अब गाउँपालिकामा लागु गर्न ठूलो प्रेरणा मिलेको गाँउपालीकाका अध्यक्ष रोकायाको भनाई छ”। “भ्रमणको बिषय लाई लिएर सामाजिक सञ्जाल तथा केही ब्यक्तिहरु तथा सन्चारमाध्यामहरुले आफुहरु लाई गाँउपालिकाले पैसा नदिएको भन्दै भ्रम सिर्जना गरिए जनप्रतिनिधी तथा कर्मचारीको चरित्रहत्या गरेको आरोप अध्यक्ष रोकायाले लगाउनु भएको छ ।
गाँउपालिका प्रबक्ता राम बहादुर सिंहका अनुसार भ्रमणका बिषयमा हामीहरु लाई नसोधी केही ब्यक्ति तथा सञ्चारमाध्यामहरुले गलत तथ्यहिन र भ्रम सिर्जन सुचना सम्प्रेषण गरेको प्रति आपत्ती समेत जनाउनु भयो । सामाजीक संजालमा ५५ लाख रुपैया खर्च गरेको भनीय पनी गाँउ परिसद् बाट भ्रमणका लागी १० लाख रुपैया छुट्याईएको समेत उहाँले जानकारी दिनु भयो । साथै अबको केही दिनमा भ्रमणको उपलब्धी, गरएिको खर्च लगायतका विषयमा सार्वजनीक सुनुवाई गरीने समेत गाँउपालीकाले जनाएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया