सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

वन वाताबरण श्रमीक संघ नेपालको प्रथम अधिबेशन सम्पन्न

धनगढी, १८ मंसिर १८। वन वाताबरण श्रमिक सघ,नेपालको कैलाली जिल्ला अधिबेन संघका केन्द्रिय सदस्य तुलसी देबकोटा को अध्यक्षता तथा नेपाली कागेस कैलाली का सभापति नर नारायण शाह (मनु) को प्रमुख आथित्यतामा आज सम्पन्न भएको छ ।

धनगढी उपमहानगरपालिका का नगर प्रमुख नृप व वड  बिशिष्ट अथिति रहनु भएको कार्यक्रमको सञ्चालन वन वाताबरण श्रमिक सघ, नेपाल सुदुर पश्चिम प्रदेश अध्यक्ष श्री डण्डीराज सुबेदी ले गर्नु भएको थियो भने स्वागत मनतब्य के.सदस्य यादव प्रशाद भण्डारी ले गर्नु भएको थियो । प्रथम अधिबेसनले ११ सदस्यीय जिल्ला कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको छ जसमा अध्यक्ष शेर व साउद उपाध्यक्ष रेखा देबी देबकोटा सचिव यशोदा भण्डारी कोषाध्यक्ष रंगा कुमारी भटृराई सह सचिव भरत भण्डारी सदस्यहरु लक्ष्मी चलाउने,ईश्वरी रावल,निलम शर्मा,चन्द्रा खत्री,अनिता चौधरी,अन्नतरानी चौधरी रहेका छन ।

अधिवेसनलाई शुभकामना दिदै नगर प्रमुख नृप व. वड ले वनमा काम गर्ने श्रमिकहरुको हक अधिकारहरु सुनिश्चित गर्नको लागी यस संघले काम गर्ने मा आफू आशावादी रहेको स्थानिय सरकारले गर्नु पर्ने सबैखालका सहयोग गर्न आफू तयार रहेको  वताउनु भयो । नेपाली कागेस कैलाली का सभापति नर नारायण शाह ले देश भरी करीव २५ लाख श्रमीक रहेको तर सबै असगठीत रुपमा रहेकाले उनीहरुको अधिकार हाल सम्म सुनिश्चित नभएकोले यस संघले आगामी दिनमा सशक्त भई त्यस्ता कार्यमा श्रमिकको अधिकारको लागी लाग्नु पर्ने जोड दिनु भएको थियो । त्यसै गरी कार्यक्रमको समापन मा के सदस्य तुलसी देबकोटाले श्रमीकको अधिकारको लागी स्थापना भएको एक मात्र प्रतिनिधि मुलक संघ भएकोले सबै यसमा आबद्र भई श्रम गरि रहेका सबै त्यसमा पनि वन क्षेत्रमा काम गरी रहेका सबैलाई यस संघमा आबद्र  हुन अनुरोध गर्नु भएको थियो । प्रथम जिल्ला अधिबेशनमा कैलाली जिल्ला १३ वटै स्थानिय तहका अध्यक्ष प्रतिनिधि लगायत करीव ९० जनाको उपस्थिती रहेको थियो भने पत्रकार ,नागरीक समाजका अगुवा र सामुदायिक वनका अध्यक्षहरुको पनि सहभागीता रहेको थियो । कार्यक्रम मा शिवपुरी सा.बका अध्यक्ष वुदि व. खडका, नेपाली कागेस कैलाली कार्यसम्पादन समिति सदस्य नृप व. सुनार वन वाताबरण श्रमीक सघ, कैलारी गा. पा स्तरीय समितिका अध्यक्ष राचरण चौधरी लगाएतका अथितिहरुले शुभकामना मनतब्य राख्नु भएको थियो । वन वाताबरण श्रमिक संघ, नेपाल सुदुर पश्चिम अध्यक्ष श्री डण्डीराज सुबेदीले  वन क्षेत्रमा संलग्न श्रमिकहरुको टे«ड यूनियन अधिकारको रक्षा र प्रवर्धन एवं जीवनस्तरमा टेवा पु्याउनका लागि स्वतन्त्र,समावेशि र लोकतान्त्रिक आर्दश अनुसार यस सघंले राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल आदेश अनुसार कार्य गर्ने ,वन तथा वातावरण क्षेत्रका श्रमिकहरुको पेशालाई मर्यादित र सूरक्षित बनाउनकालागि  सघंले काम गर्ने , वन वाताबरण क्षेत्रका श्रमिकहरुको सीप र क्षमता अभिवृद्धि गर्न, श्रमिकहरुको आत्म सम्मान र पेशाागत स्वास्थ्य र सूरक्षाको सुनिश्चीतता गर्न एवं श्रमिक नीति,कानून र कार्यक्रम निर्माणमा  सघंले  उद्योग–व्यवसायी, रोजगारदाता, गैह् सरकारी सघं–सस्थाहरु एवं अन्य सरोकारवाला निकायहरुसग समन्वय र सहकार्य गदै सघंले वन तथा वातावरण क्षेत्रका श्रमिकहरु मध्ये दलित, जनजाति, युवा, मधेशि र महिला श्रमिकहरुलाई मुख्य लक्षित समूहको रुपमा कार्य गर्ने लक्ष्य लिएको भनाई राख्नु भएको थियो साथै्र सुदुर पश्चिम प्रदेशमा ८८ वटा स्थानिय तह मध्ये ४५ वटा स्थानिय तह र ४ वटा जिल्लामा अधिबेशन सम्पन्न गरि सकेका अव वाकी रहेका ५ वटा जिल्ला मा अधिबेसन सम्पन्न पश्चात प्रदेश अधिबेसन धनगढीमा गर्ने पनि सो अवसरमा जानकारी गराईएको थियो  ।

  • १८ मंसिर २०७५, मंगलवार १२:१३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU