सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

भारतीय पक्षबाट नेपाली चियामा अवरोध, अवरोध हटाउन माग

काठमाडौँ । भारतीय पक्षले नेपालमा उत्पादित चियाको निर्यातमा अवरोध गरेपछि नेपाली व्यवसायीहरू मारमा परेका छन् । पूर्वी नेपालका चिया उद्योगीहरूले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर समस्या समाधानका लागि पहल गर्न माग गरेका छन् ।

भारतीय व्यवसायीले अनिवार्य परीक्षणको बहानामा नेपाली चियामाथि पुनः अवरोध सिर्जना गरेपछि नेपाली उद्योगी व्यवसायी मारमा परेको उनीहरूको भनाइ छ । भारतीय व्यवसायीले नेपाली चिया निर्यात रोक्न दबाब दिएपछि समस्या आएको हो । भारतीय चिया परीक्षणबिना तेस्रो देश निर्यात हुँदैन अनि बिना परीक्षण नेपाली चियालाई किन निर्बाध प्रवेश दिएको भनेर विरोध गरेपछि भारतीय प्रशासनले नेपाली चियामा अवरोध गरेको व्यवसायीहरूको भनाइ छ ।

मंगलबार बिहान पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा इलामका चिया व्यवसायीहरूको टोलीले प्रधानमन्त्रीलाई भेटेको छ । इलाम फिक्कलका चिया व्यवसायी गोपाल कट्टेलले भने,‘नेपाल–भारत वाणिज्य सन्धिमा एकअर्का देशका क्वारेन्टिन प्रमाणपत्रलाई दुवै देशमा मान्यता दिने भनेर निर्यात हुँदै आएको नेपाली चियामाथि एक्कासी अवरोध गर्दा मारमा परेका छौं । यसमा नेपाल सरकार र मातहतका निकायले तुरुन्त पहल गर्नुपर्छ ।’

भारतका व्यवसायीले चियालाई खाद्य प्रयोगशालाहरूमा परीक्षण गरिने वस्तुका रूपमा समावेश गर्न माग गर्दै आएका छन् । त्यस्तै सन् २०२१ नोभेम्बर ३ मा टी बोर्ड अफ इन्डियाले नेपाली चियाको आयात रोक्न माग गर्दै भारतको वाणिज्य तथा उद्योग मन्त्रालयमा पत्राचारै गरेको थियो । तत्कालीन राज्यसभा सदस्य शान्ता क्षेत्रीले पश्चिम बङ्गाल विधानसभामै नेपाली चिया आयातमा रोक लगाउन माग गरेकी थिइन् ।

गुणस्तरीय नेपाली चियाका कारण दार्जिलिङ चियाको ब्रान्ड खतरामा पर्ने भएपछि व्यवसायीहरूकै पहलमा नेपाली चियामा अवरोध खडा गर्दै आएका छन् । केही भारतीय व्यापारीले नै कम मूल्यमा आयात गरिएको नेपाली चियालाई दार्जिलिङ ब्रान्ड बनाएर तेस्रो देश निर्यात गर्ने गरेको पाइन्छ ।
गत वर्ष पनि भारतीय अवरोध विरुद्ध नेपाली व्यवसायीहरूले काठमाडौंमा आएर अवरोध हटाउन माग गरेका थिए । हाल पनि झापाको काँकडभिट्टा नाकामा नेपाली चिया बोकेका दर्जनौँ गाडी रोकिएका छन् ।

 

  • ११ बैशाख २०८१, मंगलवार ०९:०४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितको पेसा फेरियो, दलन फेरिएन
    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    ताजा अपडेट

    ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ

    काठमाडौं ३ भाद्र । गृहमन्त्री सुधन गुरुङले ललितपुर महानगरपालिकाले गरेको काम प्रशंसनीय र उदाहरणीय...

    दलितको पेसा फेरियो, दलन फेरिएन

    नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायले...

    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु
    • मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU