सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

मुख्यमन्त्री कमलबहादुर शाहले भने ‘जस्तोसुकै सहमति गर्न तयार छौ’
"सुदूरपश्चिम प्रदेशबाट माओवादीका एक राज्यमन्त्री सहित तीन मन्त्री हटाइए "

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले  सबैलाई मिलाएर लैजान जस्तोसुकै किसिमको सहमति गर्न तयार रहेको बताएका छन् । मंगलबार मन्त्रीमण्डल हेरफेरका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले पनि आफूहरू गठबन्धन जोगाउनु पर्छ भन्ने मान्यतामा रहेको बताए ।

‘गठबन्धन दल भित्र हामी संवादमै छौ । हाम्रो अहिले पनि गठबन्धनलाई जोगाउनु पर्छ भन्ने मान्यताका साथ सबैलाई मिलाएर लैजानका लागि  जस्तो किसिमको सहमति गर्न पनि तयार छौ भने ।

मुख्यमन्त्री  शाहले  राष्ट्रिय राजनीतिमा जस्तो सुकै प्रभाव परे पनि आफूहरू प्रदेशमा एमालेसँग पनि सहकार्य गर्न तयार रहेको बताए । ‘राष्ट्रिय राजनीतिको प्रभाव प्रदेशमा पर्ने नै भयो तर हामी संवादमै छौ । हामीले माओवादीका साथीहरूलाई सङ्घीय सरकारमा एउटा परिस्थिति बने पनि प्रदेशमा मिलेर जान सकिने कुरा पनि छ’ ‘त्यति मात्रै नभएर हामी एमाले लगायतका सबै दलहरू नयाँ परिस्थिति निर्माण गरेर अगाडी बढ्न सकिन्छ भन्ने कुरा विभिन्न कोणबाट हामी अघि बढेका छौं।’

यस  अघि उनले माओवादीबाट सरकारमा सहभागी मन्त्रीलाई हटाएर नयाँ मन्त्रिमण्डल हेरफेर गरेको जानकारी गराएका थिए । उनले भने ‘आज आएर राष्ट्रिय राजनीतिमा गठबन्धन दलभित्र नयाँ परिस्थिति निर्माण भइसकेपछि यसको स्वाभाविक असर प्रदेशहरूमा पनि पर्ने  न भयो । त्यस कारणले यो प्रदेशमा पनि मन्त्रीमण्डलमा हेरफेर गरेका छौ ।’

उनले  संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेश सरकारको मौजुदा मन्त्रिपरिषदमा हेरफेर, कार्य विभाजन गरिएको बताएका छन ।  यसअघि नेकपा माओवादी केन्द्रले सम्हालेका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालय मुख्यमन्त्री मातहतमा राखिएको छ, उनले पत्रकारहरूलाइ जानकारी गराए ।

प्रकाश बहादुर देउवा भौतिक पूर्वाधार विकास मन्त्री, नरेश कुमार शाह आर्थिक मामिला मन्त्रालय,  शिवराज भट्ट आन्तरिक मामिला तथा कानुन मन्त्रालय, रामेश्वर चौधरी भूमि व्यवस्था कृषि तथा  सहकारी मन्त्रालय र कैलाश चौधरी राज्यमन्त्री भूमि व्यवस्था कृषि तथा सहकारीमा भने यथावत् रहेका छन् । मुख्यमन्त्री शाहले मन्त्रिपरिषदमा हेरफेर गरेकाले र कसैलाई बर्खास्त नगरिएको दाबी समेत गरेका छन ।

माओवादीका मन्त्री रमेशसिंह धामी र झपट साउँदको कार्यशैलीको  प्रशंसा गरेका थिए ।‘लामो समय सम्म राष्ट्रिय राजनीतिमा  गठबन्धन दलको मान्यताअनुसार सुदूरपश्चिममा पनि हामीले गठबन्धन भित्र रहेर सरकार सञ्चालन गरेका थियौ । सरकार सञ्चालन गर्ने क्रममा सरकार भित्र रहेका मन्त्रीहरूको भूमिका अत्यन्तै सराहनीय रहेको थियो’ उनले भने ‘वहाहरु सबैलाई धन्यावाद दिन चाहन्छु । राम्रो टिम स्पिडमा काम पनि अगाडी बढेका थिए । आज आएर राष्ट्रिय राजनीतिमा गठबन्धन दलभित्र नयाँ परिस्थिति निर्माण भइसकेपछि यसको स्वाभाविक असर प्रदेशहरूमा पनि पर्ने नै भयो।’

 

  • २२ फाल्गुन २०८०, मंगलवार १३:२५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी
    ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    दलितको पेसा फेरियो, दलन फेरिएन

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU