बिश्व एड्स दिवशको अवसरमा प्रभातफेरी गरियो ।
धनगढी,१५ मंसिर । धनगढीमा ३१ औं बिश्व एड्स दिवशको अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । धनगढी उपमहानगरपालीका र स्वास्थ्य क्षेत्रमा क्रियाशिल बिभिन्न संघ संस्था, धनगढीमा रहेका नसिंङ्ग क्याम्पसहरुबाट आएका सयौ सहभागिहरु प्रभातफेरीमा सहभागि रहेका थिए । धनगढीको चौराहाबाट सुरु भएको ¥याली धनगढी उपमहानगरपालीको मूलगेट अगाडी आएर कोषसभामा परिणत भएको थियो ।
कोषसभालाई सम्बोधन गर्दै धनगढी उपमहानगरपालीकाका प्रमुख नृपबहादुर वडले एचआईभी संक्रमितको पिडाका बारेमा आफु जानकार रहेको बताए । संक्रमित कोही पनि ब्यक्ति रहरले भएको हुदैन उनले भने, त्यसका पछाडी जनचेतनाको कमी,बाध्यता र संगत हुन सक्छ । नगरप्रमुख वडले संक्रमितहरुको पनि अन्य नागरिक सरह समाजमा बाच्न पाउने र रहेक गतिबिधीमा संलग्न हुन पाउने अधिकार रहेको बताए ।
अहिले एचआईभी संक्रमितहरुको उपचारपद्धती सजिलो बन्दै गएको छ नगरप्रमुख वडले भने,एआरटी नियमित सेवन गरेमा पुरै आयू बाच्न सकिन्छ । एचआईभी रोकथामका लागि जुट्न उनले सरकारी तथा गैरसरकारी संघसंस्थालाई आग्ह पनि गरे ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अधिकृत दयानन्द पन्तले एआईभी रोकथाम र उपचारका क्षेत्रमा सरकारले ठूलो रकम खर्च गरिरहेको बताए । उनले भने, पहिलोको भन्दा अहिले एचआईभी संक्रमितहरुका लागि गरिने उपचार सहजहुदै गएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया