पुनर्वासको जगतमाताकालिका मन्दिरमा धर्मशाला निर्माण हुँदै उपमेयरद्वारा शिलन्यास
धनबहादुर बिक पुनर्वा । कञ्चनपुर को पुनर्वास नगरपालिका–६ स्थित जगतमाताकालिका मन्दिर परिसरमा धर्मशाला भवन निर्माण हुनेभएको छ । आईतवार मन्दिर समितिले आयोजना गरेको एक कार्यक्रम बिच पुनर्वास नगरपालिका उपमेयर भुलिया कुमारी रानाले उक्त भवनको सिलन्यास गर्नुभएको हो ।

५७ फिट लम्बाइ तथा २१ फिट चौडाइको उक्त भवनको पहिलो तलामा भर्याङ सहित बैठक हल , भान्सा घर , स्टोर कोठा गरि तीन कोठा निर्माण गरिने मन्दिर समिति का सचिव कृष्णबहादुर पौडेलले जानकारी दिएका छन । धर्मशाला भवन सिलन्यास कार्यक्रममा पुनर्वास नगरपालिका नगर उप प्रमुख भुलिया कुमारी रानाले धर्मशाला भवन निर्माण कार्य छिटो सम्पन्न होस भनी शुभकामना दिनुभएको थियो ।

मन्दिर समितले धर्मशाला जस्तो धार्मिक कार्य मा सक्रियता देखाएको मा नगर उपप्रमुख रानाले समितिलाई धन्यवाद समेत दिनुभएको थियो । धार्मिक कार्यक्रम ले समाजमा बढदो क्रममा रहेको लागू अौषध तथा द्रुव्यसनि न्युनिकरण मा महत्त्वपूर्ण भुमिका निर्वाह हुन सक्ने भएकोले यस्तो कार्यक्रम लाई उच्च मुल्यांकन गरिनुपर्ने उपमेयर रानाले धारणा व्यक्त गर्नुभयो ।
धर्मशाला भवन निर्माणका क्रममा आवस्यक पर्ने जुनसुकै सहयोग का लागि नगरपालिका बाट पहल गर्ने उपमेयर रानाले प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा त्रिपुरेश्वर महादेव मन्दिर समिति अध्यक्ष गौरब शर्माले धर्मशाला निर्माणका लागि आयोजना गरिएको सप्ताह ज्ञान महायज्ञ बाट प्राप्त अनुदान रकमले द्रुतगतिमा निर्माण हुन लागेको मा खुसी व्यक्त गरे ।
नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखा अध्यक्ष कृष्णबहादुर तामाङ ले पुनर्वास मै पहिलो निर्माण हुँदै गरेको धर्मशाला प्रति हर्षित हुंदै धर्मशाला निर्माणका लागि आफ्नो तर्फबाट दुई हजार ईटा सहयोग गर्ने र आफू महाकाली ईटा उधोग महासंघ अध्यक्ष भएको हैसियतले थप ईटा का लागि आफै खट्टियर ईटा उधोगिहरूबाट ईटा संकलन गरि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
धर्म संस्कृति जोगाईराख्न कालीका मन्दिर समितिले गरेको प्रयास स्वागतयोग्य रहेको पुनर्वास उधोग बाणिज्य संघ अध्यक्ष राजकुमार रायमाझीले भनाइ व्यक्त गरे । बृद्धआश्रम निर्माणका लागि निजी व्यावसायिकक क्षेत्र बाट गर्नुपर्ने सहयोग अवस्य गरिने उनले प्रतिबद्धता व्यक्त गरे । ज्योति पुस्तकालय अध्यक्ष रामचन्द्र नेपाल दान अनुदानको रकमबाट धर्मशाला निर्माण हुन लागेको मा सकारात्मक कार्य रहेको टिप्पणी गरे ।
सबै को सकारात्मक सहयोगमा निर्माण हुन लागेको धर्मशाला भवन निर्माण मा कुनै प्रकारको अभाव नहुने मन्दिर समिति सल्लाहकार संयोजक बिश्वनाथ बिष्ट ले बताए । वडा अध्यक्ष मित्र सिंह लामा ले धर्मशाला निर्माणका लागि स्थानीय सरकार बाट गर्नुपर्ने सहयोगमा आफुुले भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पुनर्वास मै पहिलो धर्मशाला निर्माण गर्न पाउँदा खुसी लागेको छ जगतमाता कालिका मन्दिर समिति अध्यक्ष अध्यक्ष चित्र बहादुर क्षेत्री ले बताए । मन्दिर समितिले माघ १६ देखि २२ गतेसम्म सञ्चालन गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञबाट कुल २५ लाख ९४ हजार २ सय ७२ रूपैया संकलन भएपनि सबै खर्च कटाएर १३ लाख ४७ हजार ४ सय ८७ रुपैयाँ बचत गर्न सफल भएको थियो ।
धर्मशाला भवन निर्माणका लागि आर्थिक तथा भौतिक सहयोग गर्न मन्दिर समितिले सम्पुर्ण मा अनुरोध समेत गरेको छ । जगतमाता कालिकामन्दिर समिति सल्लाहकार सदस्य महेन्द्रबहादुर बस्नेतले सञ्चालन गरेको कार्यक्रममा स्वागत सचिव कृष्णबहादुर पौडेल ले गरेका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया