सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

वीरगञ्ज नाकाबाट तिन महिनामा आठ अर्ब ८४ करोड रुपैयाँ भन्दा बढीको भारतीय धान भित्रियो

चालु आर्थिक वर्ष २०७९/८० को ३ महिनामा ८ अर्ब ८४ करोड रुपैयाँ भन्दा बढीको भारतीय धान भित्रिएको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ३ महिनामा ८ अर्ब ८४ करोड २५ लाख ३३ हजार ७ सय १५ रुपैयाँ मूल्यको २ लाख ४७ हजार ४ सय २१ मेट्रिक टन भारतीय धान मुलुकको प्रमुख भन्सार नाका वीरगञ्जबाट आयात भएको हो ।

गत आर्थिक वर्ष २०७८/०७९ को ३ महिनामा वीरगञ्ज नाका हुँदै ५ अर्ब ३१ करोड ५० लाख रुपैयाँ बराबरको १ लाख ८२ हजार ९ सय ३१ मेट्रिक टन भारतीय धान आयात भएको थियो । तुलनात्मक रुपमा गत वर्षको तुलनामा यस वर्ष वीरगन्ज नाका हुँदै ६५ हजार मेट्रिक टन बढी भारतीय धान आयात भएको छ ।

यस वर्ष मङ्सिरको पहिलो साता देखि भारतीय धान भित्रिन थालेको हो । भारतले नेपालतर्फ धान र चामलको निर्यात खुला गरेलगत्तै यो नाकाबाट धान चामल भित्रिन सुरु भएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुँडालले जानकारी दिनुभयो ।

प्रमुख भन्सार अधिकृत चुँडालले भारतले धान चामल निकासीका लागि वीरगन्ज, भैरहवा र काँकडभिट्टा गरी नेपालका तीन वटा नाकालाई मात्र स्वीकृति दिएकाले तीन वटै नाकाबाट भारतीय धान भित्रिएको र सबैभन्दा बढी वीरगन्ज नाकाबाट धान भित्रिएको उनले जानकारी दिए ।

वीरगञ्ज नाकाबाट विशेष गरी भारतको बिहार, उत्तर प्रदेश र पश्चिम बङ्गालबाट धान चामल आयात हुने गरेको भन्सारको तथ्याङ्कले देखाएको छ ।

नेपाल चामल, दाल, तेल उद्योग संघका केन्द्रीय अध्यक्ष एवं वीरगञ्ज उद्योग वाणिज्य संघका समेत अध्यक्ष रहनुभएका डा. सुबोध गुप्ताले भारतले नेपालका लागि यस वर्ष ६ लाख मेट्रिक टन धान चामलको निर्यात फुकुवा गरेकोमा कोटा अनुसार धान चामलको आयात भइसकेपछि अहिले भारतीय धान चामलको आयात बन्द भएको जानकारी दिए ।

गत वर्ष भारतले साँढे ५ लाख मेट्रिक टन कोटा नेपाललाई दिएको थियो । यस वर्ष समयमै नेपालले धान आयात गर्न पाएपछि व्यवसायीले राहत महसुस गरेको गुप्ताले बताए ।इकागज

  • १६ फाल्गुन २०७९, मंगलवार ०७:३० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    एकै दिन साढे २० हजारले बढ्यो सुनको भाउ
    पेट्रोलमा मिसाउन योग्य इथानोल उत्पादनका लागि उत्पादकलाई आह्वान ।
    ५ हजारभन्दा बढी सरकारी कार्यालयको लेखापरीक्षण, एकै बर्षमा थपियो ८८ अर्ब बेरुजु ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU