सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सडक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय जनचेतनामूलक कार्यक्रम सम्पन्न

धनगढी
सडक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय जनचेतनामूलक कार्यक्रम फागुन १२ गते शुक्रवार धनगढीमा सम्पन्न भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको “नेशनल रोड सेफटी काउन्सिल नेपाल” को आयोजना, नासा नेपालको संयोजन र नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

सुदुरपश्चिम प्रदेशका पेसागत, व्यावसायिक तथा सामाजिक क्षेत्रका ८० जनाको सहभागिता रहेको सो कार्यक्रममा प्रदेशकै पूर्वाधार नीति, कार्यक्रम तथा सुरक्षित यातायातको लागी विभिन्न कार्यपत्रहरूमा छलफल भएको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउबा, प्रदेश सभा सदस्य तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालका सहसंयोजक शिव सिंह ओलीले यातायातको क्षेत्रमा नयाँ ढङ्गले अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय अटो मोबाइल फेडेरेशनका सदस्य गोबिन्द भट्टराईले आजका यातायात क्षेत्रका मुख्य एजेन्डा र सडक सुरक्षा दशक २०२१—३० को बारेमा, पूर्व प्रहरी अधिकारी तथा सडक सुरक्षा विज्ञ विपिन गौतमले सुरक्षित सडकको प्राविधिक पक्षबारे र अटो मोबाइल इन्जिनियर सुयोग खनालले मोटरसाइक्लिस्ट सुरक्षा र सुरक्षित हेलमेटको बारेमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तुलसीराम भट्टराईले सडक सुरक्षाको लागी मन्त्रालयको धारणा राखेका थिए भने विभिन्न पेसागत तथा व्यवसायीका प्रतिनिधिले आ—आफ्नो धारणा राखेका थिए । साथै कार्यक्रममा सुदूरपश्चिममा मोटरसाइक्लिङ्ग सेप्टीको सन्देश तथा “दुई पाङ्ग्रे यात्रा” को प्रमोसन गर्ने उद्देश्यले प्रदेशको ९ वटै जिल्लामा मोटरसाइकलमा निस्किएका गोदावरीका राइडर भरत विक्रम शाहलाई सेफ्टी राइडिङ्गको सन्देश स्वरूप सामाग्री तथा प्रदेशको नौ जिल्लाको संकेत स्वरूप “नेपालमा दुई पाङ्ग्रे घुम्न” विषयकम्यानुअल ९ थान हस्तान्तरण गरिएको थियो ।

भौतिक पूर्वाधार विकास मन्त्री द्वारा अन्तर्राष्ट्रिय मोटरसाइक्लिङ्ग फेडेरेशन (एफआइ एम) र नासा नेपालको झण्डा प्रदान गरिएको थियो भने कार्यक्रमको अन्त्यमा दिगो सडक र सुरक्षित यातायातको लागी सुदुरपश्चिम प्रदेश एलाएन्स को ११ सदस्यीय कार्यसमुह समेत गठन गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशका पेसागत व्यावसायिक तथा कल्याणकारी सङ्घ संस्थाहरू र विज्ञहरूको सो वृहत् सम्मेलनले देहायको धनगढी घोषणापत्र तयार गर्ने निर्णय पनि गरेका थिए । इकागज

  • १५ फाल्गुन २०७९, सोमबार ०५:३५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितको पेसा फेरियो, दलन फेरिएन
    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU