सामुदायिक भवनको उद्घाटनपछि स्थानीय हर्षित
धनगढीः धनगढी उपमहानगरपालिका –१ मा रहेको नवदुर्गा भवानी कालिका सामुदायिक भवन को शनिवार उद्घाटन गरिएको छ।
शनिवार प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवाले उक्त सामुदायिक भवनको उद्घाटन गरेका हुन्। क्षेत्रीय सहरी विकास आयोजना को आर्थिक सहयोगबाट प्राप्त ३५ लाखको लगानीमा सो भवन निर्माण भएको हो। भवन बनेपछि स्थानीयलाई विविध कार्यक्रम गर्न सहज हुने भएको छ। भवन बनेसँगै स्थानीय बासिन्दा खुसी भएका छन्।
कार्यक्रमका सभापति गणेशप्रसाद उपाध्याय रहेका थिए भने विशिष्ट अतिथी वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरी रहेका थिए। कार्यक्रमको सञ्चालन जनकसिंह सामन्तले गरेका थिए। दिनेश खबरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया