सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

लघुवित्तबाट पीडित ७८ जनाले गरे देहत्याग, अत्तरियामा पीडितहरु संघर्षमा

धनगढीः लघु वित्त वित्तीय संस्थाबाट पीडित भएकै कारण दुई वर्षको अवधिमा कैलाली र कञ्चनपुरमा मात्र ४४ जनाले देहत्याग गरेको संघर्ष समितिले बताएको छ।

प्रदेशका नौवटै जिल्लामा गरी यो संख्या ७८ छ। सयौँको संख्यामा बेपत्ता छन्। समूह बनाएर बिनाधितो ऋण दिने र ब्याजलाई पनि साावामा जोड्दै असुल गर्ने लघुवित्त संस्थाहरुका कारण सुदूरपश्चिममा धेरैको उठिबास भइसकेको समितिको ठहर छ। डडेलधुरामा मात्रै ४० भन्दा बढी परिवार बेपत्ता छन्।

गाउँमा बसेकाहरु पनि लघुवित्तको ज्यादतीविरूद्ध समिति नै बनाएर संघर्ष गर्दै आएका हुन्। लघुवित्तका कर्मचारीले रातदिन खेद्न थालेपछि पीडितहरु सघर्षमा उत्रिएका छन्। समूह बनाएर बिनाधितो ऋण दिने र ब्याजलाई पनि साँवामा जोड्दै असुल गर्ने लघुवित्त संस्थाहरूका कारण धेरै जनाको उठिबास लागेको छ।

लघुवित्तले ज्यादती गरेको भन्दै संघर्ष गर्न समिति नै बनाएर ठाउँठाउँमा यसको विरोध भइरहेको छ। आज कैलालीको अत्तरियामा मैन बत्ती बालेर पीडितहरुले विरोध जनाएका छन्। कैलाली, कञ्चनपुर र पहाडी जिल्लामा गरी लघुवित्त संस्थाहरूसँग समूहमा जोडिएका महिला–पुरुषको संख्या ७ लाख बढी रहेको अनुमान छ।

लघुवित्तबाट पीडितहरूले गठन गरेको संघर्ष समितिका अनुसार कैलाली र कञ्चनपुरमा मात्र दुई वर्षयता आत्महत्या गर्नेको संख्या ४४ पुगेको छ। जसमध्ये १२ पुरुष र अरू सबै महिला छन्। यो संख्या प्रदेशका पहाडी जिल्लामा लघुवित्तको ऋणका कारण घरबार गुमाएर आत्महत्या गर्नेको संख्या ३४ छ। डडेलधुरामा ३, बझाङमा ७, अछाममा ५, बाजुरामा ८ र दार्चुलामा ११ जनाले आत्महत्या गरेका छन्। आजबाट संघर्ष समितिले देशव्यापी आन्दोलन सुरु गरेको छ।

ग्राहकले कुनै महिना किस्ता वा ब्याज बुझाउन नसके किस्ता र ब्याज रकम साँवामा जोडिन्छ। त्यतिमात्र होइन, जोडिएको साँवा र किस्ताको अलग्गै जरिवाना पनि तिर्नुपर्छ। ऋण र ब्याज असुल गर्न लघुवित्तले घरमा भएका बस्तुभाउदेखि जग्गासमेत आफैं बिक्री गराएर लैजाने गरेको पीडितहरूको गुनासो छ। लघुवित्तीय संस्थाको कार्यशैली र मिटरब्याजभन्दा पनि चर्को ब्याज असुलीका विषयमा राष्ट्र बैंक जानकार भए पनि नियमनमा चासो नराखेको पीडितको गुनासो छ। दिनेश खबरबाट

 

  • १ फाल्गुन २०७९, सोमबार ०९:१६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?
    २० वर्ष उमेर पूरा गरी विवाह गर्ने छोरीलाई ५१ हजार रुपैयाँ नगद प्रोत्साहन दिने

    ताजा अपडेट

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    पोखरा, २ भदौ । गण्डकी प्रदेशमा बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यहरूलाई सक्षम...

    मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

    काठमाडौं  २ भदौ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै मानव बेचबिखनमुक्त समाज...

    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU