कैलालीमा कटुवा पेस्तोल र गोली बरामद
धनगढी: कैलाली कटुवा पेस्तोल र गोली बरामद गरिएको छ।
जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ११ जमलपुर बस्ने २८ वर्षीय विजय कठरियाको घरबाट कटुवा पेस्तोल १ थान र गोली १ राउण्ड बरामद गरिएको हो। शनिवार बिहान प्रहरीले उनको घरमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुखड र सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले घर तलासी गर्दा भान्सा कोठाको बाहिर दिवालमा कपडाले बेरेर लुकाई छिपाई राखेको उक्त पेस्तोल र गोली फेला पारी बरामद गरेको हो।
हाल फरार कठरियाको खोजी थालेको प्रहरीले बताएको छ। साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । दिनेश खबरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया