सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

क्लबको जग्गा व्यक्तिको नाममा, मालपोतका प्रमुखसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं :अख्तियार दुरूपयोग अनुसन्‍धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुख कमोद तिवारीसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

युवा स्पोर्ट्स क्लबको पर्साको १ कट्ठा ५ धुर जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा भूमिसुधार आयोगका प्रमुख कमोद तिवारी,नायब सुब्बा शम्भु साह रौनियार,खरिदार शिवप्रसाद साह तेली र रिन्ता कुमारीविरूद्ध मुद्दा दायर गरेको हो।

यस्तै,मतियारको रुपमा वीरगंज महानगरपालिका ३१ का शेष सफि अहमद र शेख साजिद एकबालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जनाएको छ।

उक्त जग्गा शेष सफी अहमदको नाममा लैजाने क्रममा गलत श्रेस्ता कायम गरेको पाइएको अख्तियारको ठहर छ।

पर्साको वेल्वा गाउँपालिका ८ स्थित  युवा स्पोर्ट्स क्लबको जग्गा व्यक्तिको नाममा गैरकानुनी तरिकाले श्रेस्ता कायम गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान हुँदा भ्रष्टाचार गरेको पाइएकाले कार्यालय प्रमुख तिवारीसहित ६ जनाविरूद्ध  शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता  श्यामप्रसाद भण्डारीले जानकारी दिए।

भण्डारीका अनुसार उनीहरूविरूद्ध  भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम कसूर तथा सजायको माग दावीसहित आरोपपत्र दायर गरेको हो। अन्नपुर्णबाट

  • २० माघ २०७९, शुक्रबार ११:०१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितको पेसा फेरियो, दलन फेरिएन
    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU