सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

अब लामिछानेको राहदानीबारे राज्यले अनुसन्धान अघि बढाउनुपर्छ: भिमार्जुन आचार्य

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद बदर गरिदिएसँगै झुटा विवरण दिएर राहदानी बनाएको आरोपमा उनीमाथि अनुसन्धान गर्ने बाटो खुलेको छ।

लामिछाने गृहमन्त्री बनेपछि उनको नागरिकता र राहदानीमाथि परेको उजुरीमा प्रहरीले गरिरहेको उजुरी अनुसन्धान रोकिएको थियो। धेरैले उनको नागरिकतासँगै झुटो विवरण पेस गरेर प्राप्त राहदानीबारे पनि सर्वोच्च अदालतको आदेश आउँछ भन्ने अपेक्षा गरेका थिए। सर्वोच्च अदालतले आफ्नो संक्षिप्त आदेशमा लामिछानेको राहदानीका विषयमा केही कुरा बोलेको छैन। रिटको मुख्य विषय नै उनी नेपालको नागरिक नरहेकाले प्रतिनिधि सभा सदस्य बन्न अयोग्य रहेको भन्ने भएकाले राहदानीबारे नबोलेको हुन सक्ने कानुनविदहरूले बताएका छन्।

संविधानविद तथा अधिवक्ता भिमार्जुन आचार्यले रिटको मुख्य विषय नै कायम नरहेको नागरिकता पेस गरेर उम्मेदवारी दिई सांसद बनेको भन्ने रहेकाले राहदानीबारे संवैधानिक इजलास नबोलेको हुन सक्ने बताए।

‘मुख्य विवाद नै कायम नरहेको नागरिकता पेस गरेर सांसद बन्ने भएकाले इजलासले राहदानीबारे नबोलेको होला,’ उनले भने, ‘यसै पनि राहदानी तथा नागरिकता विवाद भएका व्यक्ति गृहमन्त्री बनेर नैतिकता गुमाएका थिए। उनको राहदानीबारे अब रोकिएको अनुसन्धान राज्यले अघि बढाउनुपर्छ।’

चुनावलगत्तै लामिछानेको नागरिकता र राहदानी विवादमा अनुसन्धान गर्न गृह मन्त्रालयमा उजुरी परेको थियो। गृहले काठमाडौं जिल्ला प्रशासन कार्यालय र उसले काठमाडौं प्रहरी परिसरलाई अनुसन्धानका लागि लेखी पठाएको थियो। त्योसँगै प्रहरीले अनुसन्धान अघि बढाएको थियो। तर लामिछाने गृहमन्त्री नियुक्त भएपछि उनीमाथिको अनुसन्धान रोकिएको थियो।

सो अनुसन्धान रोकिएको भए पनि अदालतमा परेको रिटमा फैसला गर्दै सर्वोच्चले शुक्रबार उनको सांसद पद बदर गरेको छ। अधिवक्ता रवि बसौला लगायतले संवैधानिक इजलासमा अयोग्यताको प्रश्न उठाउँदै हालेको रिटमा कायमै नरहेको नागरिकता प्रयोग गरेर लामिछानेले राहदानी बनाएको विषय पनि उठाएका थिए। तर राहदानी विषयमा निर्णय दिनुपर्ने उनीहरूको मुख्य माग भने थिएन।

संवैधानिक इजलासमा न्यायाधीशले भने राहदानीको विषयमा पनि प्रश्न गरेका थिए। लामिछानेका वकिलहरूले यो अनुसन्धानकै विषय भएकाले बहस नगर्ने बताएका थिए।

शुक्रबार बहसका क्रममा लामिछानेका वकिल वरिष्ठ अधिवक्ता नरेन्द्र गौतमले इजलासमा रविको राहदानीको पनि कुरा उठे पनि त्यो रिटको विषय नभएको बताएका थिए।

‘यो रिट उनको नागरिकता र प्रतिनिधि सभा सदस्य हुन योग्य नरहेको भन्ने विषयमा हो। राहदानीको विषयतिर म जान्नँ। अनुसन्धानले देखाउला,’ उनले भने।

अधिवक्ता गौतमले यति भनेपछि न्यायाधीश ईश्वर खतिवडाले सोधे- तपाईंले राहदानीको कुरा कोट्याइहाल्नुभयो। लामिछानेले अमेरिकी नागरिकता लिएको, सन् २०१५ मा कायम नरहेको नेपाली नागरिकता प्रयोग गरी नयाँ राहदानी बनाएको र सन् २०१८ मा अमेरिकी राहदानी त्यागेको स्थापित तथ्य हुन्?

त्यसपछि उनले फेरि सोधे- कायम नरहेको नेपाली नागरिकता पेस गरेर राहदानी बनाउन मिल्छ? जवाफमा गौतमले त्यो कुरा रिट निवदेकको विषय नभएकाले के-कसो भएको हो भन्ने कुरा अनुसन्धानपछि मात्र थाहा हुने बताए।

अदालतमा पेस गरिएका विवरणअनुसार लामिछानेले २०५० फागुनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए। उनी अमेरिका गएर उतै बस्न थाले र २०७० साल फागुनमा अमेरिकी नागरिकता प्राप्त गरेका थिए।

त्यसपछि नातेदार भिसामा नेपाल आएका उनले ‘सिधा कुरा जनतासँग’ भन्ने टेलिभिजन कार्यक्रम चलाउन थाले। यसैबीच सन् २०१५ अर्थात् २०७२ सालमा अमेरिकी नागरिकता कायमै रहेको अवस्थामा उनले खारेज भइसकेको नेपाली नागरिकता लिएर नेपाली राहदानी पनि निकालेको देखिन्छ। यसरी उनले जानाजानी कुनै समय अमेरिकी र नेपाली दुवै राहदानी बोकेको स्पष्ट हुन्छ।

२०७५ सालमा उनले नातेदार भिसा लिएर बसेर यहाँ काम गरिरहेको भन्दै विवाद भएको थियो। त्यसपछि प्रेस काउन्सिलले उनमाथि कारबाही प्रक्रिया सुरू गरेको थियो। उनले २०७५ जेठ ५ गते अमेरिकी नागरिकता त्याग्न अमेरिकी दूतावासमा निवेदन दिएका थिए। त्यसपछि असार ६ गते अमेरिकी नागरिकता त्यागेको भन्दै आफ्नो रेकर्ड अद्यावधिक गर्न अध्यागमन विभागमा निवेदन दिएका थिए। असार १४ मा उनले अमेरिकी नागरिकता परित्यागको स्वीकृति पाएका थिए।

 

 

 

 

  • १३ माघ २०७९, शुक्रबार १५:०५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU