माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू
काठमाडौं : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरू भएको हो।
बैठकमा सरकारको काम-कारबाही,पार्टी संगठन चलायमान र समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यक्रम तय भएको छ।
पार्टीभित्र उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई बनाउने तयारी छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री बनेपछि पार्टीका बाँकी काम अगाडि बढ्न नसकेकोले अरुलाई जिम्मेवारी दिनुपर्ने पार्टीभित्र बहस चलेको छ।
आजको बैठकले पार्टीको केन्द्रीय समितिको बैठक बोलाउने सम्भावना रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। अन्नपुर्णबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया