बझाङमा बाल श्रमिककोे संख्या वढ्दै
डीबी विष्ट १७ कात्तिक बझाङ । बझाङ पछिल्लो समय बाल श्रमिककोे संख्या वढ्दै गएको छ । आर्थिक, विपन्नताका कारणले समस्यामा परेका बालबालिका दैनिक गुजारा चलाउन होटेल रेस्टुरेन्ट, यातायात लगायतको क्षेत्रमा बाल श्रमिकका रूपमा काम गर्दै आएका छन् ।
बझाङ सदरमुकाम चैनपुर वजारमा मात्रै कम्तिमा १० जना बाल मजदूरको रुपमा कार्यरत छन् । जिल्ला सदरमुकाम चनुपुर, तमैल, झोता, बाथला लगायतका ठाँउमा बालवालिका बालश्रमिकको रुपमा कार्यरत छन् ।

विद्यालय उमेरका बालबालिकाहरु भाँडा माझ्ने तथा होटल सफा गर्ने र खाना पकाउने जस्ता काममा प्रत्यक्ष रुपमा संलग्न भएको रहेका छन्् । केही बालश्रमिकले मालिकबाट सामान्य परिश्रम पाए पनि धेरैजसोले खाना खान दिएको भरमा नै बालmबालीकाहरु रेष्टुरेन्ट बार होटेलमा काम गर्नेै गरेको बालकहरु बताउन्छन् ।
घरेलु श्रमिकको रुपमा काम गर्ने र बालबालिकाहरुमा अभिभावक गुमाएका, बिचैमा विद्यालय छाडेका र आर्थिक अवस्था कमजोर परिवारका १८ वर्ष मुनिका बालबालिका बढी जस्तो होटेल, रेष्टुरेन्टर र सवारी साधनमा रहेका छन् । जिल्लाका ठूलादेखि साना होटल तथा यातायात क्षेत्रमा खुलेआम बाल श्रम भइरहँदा पनि सम्बन्धित निकाय मौन रहेको स्थानीय समाज सेविले बताएका छन् ।
बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरूले बाल श्रम न्यूनीकरणका लागि ठुलो मात्रामा लगानी गरे पनि यो लगानी बालुवामा पानी हाले सरह भएको जिल्लाका जानकार ब्यक्तीहरुको भनाई छ ।
बालबालिकालाई शारीरिक र मानसिक असर पर्ने गरी दबाबमा कुनै पनि काम लगाउनु हुँदैन । नेपालको संविधान २०७२ को धारा ३९ को उपधारा ४ अनुसार कुनै पनि बालबालिकालाई कलकारखाना,खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन नपाइने भन्ने कुरा उल्लेख छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया