सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

आन्तरिक पर्यटकको गन्तव्य बन्दै कोइलही ताल

धनगढीः वरिपरि जङ्गलको रमणीय दृश्य छ। बीचमा सुन्दर प्राकृतिक ताल। ताल परिसरमा बालबालिकादेखि वयस्क रमाउँदै छन्। कैलालीको कोइलही ताल क्षेत्रमा आज देखिएको दृश्य हो, यो।

कैलारी गाउँपालिका–९ मा रहेको यो ताल आन्तरिक पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बनेको छ। सार्वजनिक बिदाका बेलामात्रै नभइ अन्य दिन पनि यो तालमा घुमफिर गर्न र पिकनिक खानेका लागि गन्तव्य बन्दैगएको छ। आन्तरिक पर्यटकले कोइलही ताल खचाखच हुन थालेको छ।

‘बिदाको दिन अझै बढी मान्छे हुन्छन्’, ताल क्षेत्रमा फलफूलको व्यापार गर्दै आएका बनकन्द्री गाउँका बुधराम थारुले भने, ‘अरु दिन पनि घुम्न आउनेको सङ्ख्या कम छैन।’ दिनहुँ दुई तीन सय मान्छे घुमफिर गर्न र पिकनिक खानका लागि कोइलही ताल आउनेगरेको उनको भनाइ छ।

यो तालमा पर्यटकका मनोरञ्जनका लागि डुङ्गा सञ्चालन हुँदैआएको छ। ताल अवलोकन र घुमफिर गर्न आएकाहरु डुङ्गामा सयर गरेर आनन्द लिनेगरेका छन्। पिकनिक खानका लागि मात्रै नभइ शैक्षिक भ्रमणका लागि टाढा–टाढाको विद्यालयका विद्यार्थी, शिक्षक पनि कोइलही ताल पुग्ने गर्छन्। चाडपर्वपछि धेरैजसो मान्छे पिकनिक खानका लागि कोइलही ताल आउनेगरेका स्थानीयवासी बताउँछन्। ताल परिसरमा पिकनिक क्षेत्र बनाइएको छ। पिकनिक क्षेत्रमा हरेक दिन घुइँचो लाग्नेगरेको स्थानीय व्यापारी थारुले बताए।

यसैगरी, विभिन्न संघसंस्था, समूह र शैक्षिक संस्थाका कर्मचारीहरु संस्थागत छलफलसहित रमाइलो गर्नका लागि पनि कोइलही तालमा पुग्नेगरेका छन्। जोशीपुर गाउँपालिका –२ मुद्धि घर भइ युनाइटेड एकेडेमी स्कुल टीकापुरमा कार्यरत रञ्जना रावतले अफिसको ‘मिटिङ’ सहित पिकनिकका लागि पहिलो पटक कोइलही तालमा आएको बताइन। ‘एक दिन घुमघाम गरेर फर्कन सकिने भएकोले छोटो समयमा घुमघाम गर्न चाहनेहरुका लागि यो ठाउँ राम्रो लाग्यो’ सोही विद्यालयका शिक्षक ललिता कठरियाले बताए।

७२ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताललाई आर्थिक वर्ष २०७३–७४ मा थोरै व्यवस्थित गर्ने कार्य भएको थियो। राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको तालतलैया एवः सिमसार क्षेत्र संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत ९७ लाख ७४ हजार रुपियाँ खर्चेर व्यवस्थापनको साथै केही संरचना बनाउने कार्य भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ। दशैं, तिहार सकिएपछि हरेक वर्ष हिउँद यामभरी पर्यटकको घुइँचो लाग्ने गर्छ।

अत्तरियास्थित होलिल्याण्ड स्कुलका शिक्षक सुरेन्द्र चन्दले घुमफिरका लागि ताल क्षेत्र निकै राम्रो रहेको बताए। ‘यो ठाउँ राम्रो छ’, उनले भने, ‘यहाँ थुप्रै मान्छे घुमफिर गर्न आउने गर्दछन्।’ सो विद्यालयका विद्यार्थीसमेत शैक्षिक भ्रमणको लागि कोइलही ताल पुगेका थिए।

आन्तरिक पर्यटकको चहलपहल बढेपछि कोइलही ताल क्षेत्रमा व्यापार व्यवसाय पनि फष्टाएको छ। स्थानीय व्यवसायीले पिकनिक क्षेत्रमा नास्ता, मिठाइ, फलफूल, पान लगायतको व्यापार गर्दैआएका छन्। दिनभरिमा दश बाह्र हजार रुपियाँको बिक्री हुनेगरेको मिठाइ व्यापारी रामु चौधरीले बताउनुभयो । ‘भीडभाड बढी भएको दिन व्यापार राम्रो हुन्छ’, उनले भने। गोरखापत्र

 

  • ५ माघ २०७९, बिहीबार ०६:०० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितको पेसा फेरियो, दलन फेरिएन
    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    आज दिउँसो र रातिको मौसम कस्तो होला?

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU