यो प्रतिनिधि सभाबाट जनताले धेरै अपेक्षा गरेका छन्: देउवा "'संसदमा रचनात्मक भूमिका खेल्छौं' "
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको प्रतिनिधि सभाबाट जनताले धेरै अपेक्षा गरेको बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै देउवाले जनताका अपेक्षाअनुसार कांग्रेसले भूमिका खेल्ने बताए।
‘यो प्रतिनिधि सभाबाट जनताले धेरै अपेक्षा राखेका छन्,’ उनले भने, ‘समृद्धि प्राप्त गर्नु साझा लक्ष्य हो।’
देउवाले संविधान रक्षा र संविधानको भावनाअनुसार अगाडि बढ्नुपर्ने पनि बताए। सभापति देउवाले कांग्रेस प्रतिनिधि सभाको ठूलो दल भएकोले जनतालाई धन्यबादसमेत दिएका थिए।
‘जनताका अपेक्षा र साथीहरूका भावनाअनुसार कांग्रेसले काम गर्नेछ,’ उनले भने, ‘कांग्रेसले रचनात्मक भूमिका खेल्छ।’
सभापति देउवाले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकोमा बधाईसमेत दिएका थिए। साथै उनले सांसदहरूलाई पनि बधाई र शुभकामना दिएका छन्। सेतोपाटीबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया